दोब्बर भाडा असुल्ने सुमोलाई कारबाही

दोब्बर भाडा असुल्ने सुमोलाई कारबाही

सिमरा : यात्रुसँग दोब्बर भाडा असुल्ने १२ वटा सुमोलाई बाराको पथलैयास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयले शनिबार नियन्त्रणमा लिएको छ।

मुस्लिम धर्मालम्बीको पर्व ईदका कारण काठमाडौंबाट फर्कने यात्रुको चाप बढ्न थालेपछि त्यसको फाइदा उठाउँदै यात्रुसँग दोब्बर भाडा असुल्ने सुमो प्रहरीको कारबाहीमा परेका हुन्।

दोब्बर भाडा असुलेको गुनासो आएपछि चेकजाँच गर्ने क्रममा दिउँसोसम्म १२ वटा सुमो नियन्त्रणमा लिइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्। 

पर्वको मौका छोपेर यात्रुसँग बढी भाडा असुल्ने सुमोलाई नियन्त्रणमा लिएर भाडा फिर्ता गराएको बज्राचार्यको भनाइ छ।

काठमाडांैबाट सिमराको भाडा पाँच सय रुपैयाँ रहेपनि सुमो काउन्टरले प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँसम्म असुल गरेको पाइएको चेकजाँचमा खटिएका प्रहरी नायब निरीक्षक केदार कोइरालाले जानकारी दिए। 

चेकजाँचमा पक्राउ परेका सुमोलाई नियन्त्रणमा लिएर तोकिएभन्दा बढी पैसा फिर्ता गराइएको छ।

नियन्त्रणमा लिइएका सुमोलाई तीन हजारसम्म जरिवाना गराउने र सचेत गराएर छाडिने कोइरालाको भनाइ छ। कारबाहीमा परेका ना १ ज ६७६९, ३९१०, ५७४४, २१६६, ६२१६, १८८४, ६४७३, ३६१४, १७७०, ६४०४, १९५५ र २४४४ नम्बरका सुमो अहिले प्रहरी कार्यालयमा छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.