धादिङमा भित्रियाे दुुई अर्ब २४ करोड रेमिटेन्स
धादिङ : धादिङको उत्तरी र मध्ये क्षेत्रमा एक वर्षमा दुुई अर्ब २४ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। धादिङबेसीमा रहेको कला इन्टरनेसनल प्रालिको तथ्यांकअनुुसार आर्थिक वर्ष २०७४/०७५ मा धादिङको उत्तरी क्षेत्र र सदरमुुकाम आसपासमा दुुई अर्ब २४ करोड ५२ लाख रुपैयाँ रेमिटेन्स बुुझेका हुुन्। यो रकम २०७३/०७४ को तुुलनामा पाँच प्रतिशत बढी हो।
२०७३/०७४ मा दुुई अर्ब १३ करोड ८३ लाख ६५ हजार दुुई सय ६१ रुपैयाँ धादिङ भित्रिएको थियो। यो रकममा धादिङको दक्षिणी क्षेत्र अर्थात् राजमार्ग क्षेत्रमा भित्रिएको रेमिटेन्स जोडिएको छैन। दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा क्षेत्र नं २ मा आधिकारिक रूपमा रेमिटेन्स कारोबार गर्दै आएको कला इन्टरनेसनलमा धादिङका उत्तरी क्षेत्र र मध्ये क्षेत्रका स्थानीयले विदेशबाट पठाएको पैसा लिन धादिङबेसी आउने गर्छन्। विभिन्न रेमिटेन्स कम्पनीको आधिकारिक प्रतिनिधिका रूपमा सदरमुुकाम धादिङबेसीबाट सेवा दिने कला इन्टरनेसनलको तथ्यांकअनुुसार जिल्ला भित्रिएको कुुल रकम मध्ये ८५ प्रतिशत रेमिटेन्स महिलाको नाममा आउने गरेको छ।
कला इन्टरनेसनल प्रालिका प्रबन्धक रामचन्द्र गिरिले भने, ‘अधिकांश पुुरुष रोजगारीका लागि विदेश जाने र उनीहरूले श्रीमतीका नाममा पैसा पठाउने गरेको देखिन्छ।’ गिरीका अनुुसार पछिल्ला वर्ष अध्ययनका लागि बिदेसिएका युुवाले पनि पैसा पठाउने क्रम बढ्दो छ।
राष्ट्र बैंकको तथ्यांकअनुुसार देशभर रेमिटेन्स घटेको छ। धादिङमा विगत वर्षभन्दा पाँच प्रतिशतले बढेको हो। ‘गत वर्ष भूकम्पपछि सरकारले घर बनाउन दिने अनुुदान अनिवार्य लिनुुपर्ने थियो’, गिरिले भने, ‘सरकारले दिने पैसाले मात्रै घर नबन्ने र घर पूर्णरूपमा घर बनाउन रोजगारीमा गएकाले अलि बढी पैसा पठाएकाले पनि रेमिटेन्स बढेको देखिएको हो।’
पछिल्ला वर्ष अध्ययनका लागि बिदेसिएका युुवाले पनि पैसा पठाउने क्रम बढ्दो छ।
विदेशबाट आएको रकममध्ये सबैभन्दा धेरै मलेसियाबाट भित्रिएको छ। साथै खाडी मुुलुुकहरु साउदी, कतार, बहराइन, दुुवई, कुुवेत, इराक, अफगानिस्तानबाट पनि बढी मात्रामा रेमिटेयान्स भित्रिने गरेको कला इन्टरनेसनल प्रालिले जानकारी दिएको छ। पछिल्ला वर्षमा विदेशमा अध्ययन गर्न जाने युुवा बढेसँगै अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा र अन्य युुरोपियन मुुलुुकबाट पनि रेमिटेन्स भित्रिने क्रम बढ्दो मात्रामा रहेको प्रबन्धक गिरीले जानकारी दिए।
एक वर्षको तथ्यांकअनुुसार चाडबाडको समयमा धेरै रेमिटेन्स आउने गरेको छ। हरेक दिन घटीमा तीन सय र बढीमा पाँच सय जना रेमिटेन्स लिन आउने गरेको कला इन्टरनेसनलले जनाएको छ। रेमिटेन्सबाट आएको रकम उपभोग र विलासिताका सामान खरिद र बालबालिकाको शिक्षादीक्षामा खर्च हुुने गरेको छ। विदेशबाट भित्रिने रेमिटेन्सका अलावा सदरमुुकाम धादिङबेसीबाट दैनिक ४० देखि ५० लाख रुपैयाँसम्म बाहिरिने गरेको छ। समग्र नेपालको अर्थतन्त्रमा निर्यातभन्दा आयात बढी भएकाले देशमा भएको पँुुजी भित्रिनेभन्दा बाहिरिने क्रम बढी देखिन्छ।