अमेरिकी अलराउन्डर सिंह रोयल्समा अनुबन्धित

अमेरिकी अलराउन्डर सिंह रोयल्समा अनुबन्धित
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हरमित सिंहलाई अनुबन्ध गरेको छ। अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टीट्वेन्टी विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गरेका  सिंह सोमबार नेपाल आइपुगेका छन्। उनले २३ टीट्वेन्टी अन्तर्राष्ट्रिय र १० एकदिवसीय खेल खेलेका छन्। भारतीय टोलीबाट यू–१९ विश्वकप जितेका सिंहको आगमनले रोयल्सको टोली थप बलियो हुने विश्वास गरिएको छ।

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्। यस्तै मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षकको जिम्मेवारी राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटाले सम्हालेका छन्। सुदूरपश्चिमले एनपीएलको चार खेल खेलेकोमा तीन जितसहित ६ अंक जोडेको छ।

सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक रहेको छ। रोयल्सले एसपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एयरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एन्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाइ र कुमारी जबलाई करियर पार्टनरको रुपमा भित्र्याएको छ। एनपीएलको अवधिभर टोलीले म्यारियट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ।

सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, अर्जुन कुमाल, खड्क बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, बसन्त खत्री, ब्रान्डन म्याक्मलेन (स्कटल्यान्ड), सेफ अलि जैब –इङ्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), दिलप्रित सिंह बज्वा (क्यानडा) र हरमित सिंह (अमेरिका) छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.