विराटनगरमा सुरक्षा गार्डको हत्या

विराटनगरमा सुरक्षा गार्डको हत्या

विराटनगर : विराटनगरमा हार्डवेयर पसलमा काम गर्ने सुरक्षा गार्डको हत्या भएको छ । विराटनगर महानगरपालिका-२ धरान रोडस्थित विराट नर्सिङ होम नजिकै रहेको न्यू बिक्की हार्डवेरमा  काम गर्दै आएका ५० वर्षीय टंक भट्टराई आइतबार बिहान हत्या गरिएको अवस्थामा फेला परेका हुन् । 

विराटनरग–४ पिपलचोक घर भएका भट्टराई राति हार्डवयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका थिए। आइतबार बिहान ९ः४५ हार्डवयरका कामदारले ढोका खोल्दा उनी भट्टराई सुत्ने कोठको खाटमुनि शव देखेपछि प्रहरीलाई खबर गरेको बताएका छन् । शव सिरानीले मुख थुनेको अवस्थामा फेला परेको उनीहरुले बताएका छन् । 

हत्या गरिएका भट्टराईको अनुहार र शरीरका विभिन्न भागमा चोट देखिएको छ । उनको देब्रे आँखा निकालिएको छ ।  घटनास्थलमा खटिएका मोरङ प्रहरी प्रवक्ता डिएसपी निशान थापाले घटना हत्या नै भएको बताएका छन् । माथि राखिएको इन्भरटर तल खसेकोबाहेक घटनास्थलमा अन्य कुनै सामान चलाइएको छैन । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिएका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.