बालिका निर्मला पन्तका हत्या अभियुक्त सार्वजनिक
कन्चनपुर : कन्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका एक युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ परेका भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विस्टलाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । उनलाई निर्मलाको हत्या भएको २५ औँ दिनपछि प्रहरीले घटनास्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय स्रोतका अुनसार उनलाई पक्राउ गरी सोमबारै अदालतमा उपस्थित गराइएको थियो । विस्टले बलात्कारपछि निर्मलाको हत्या गरेको स्वीकार गरेपछि केहीबेरअघि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।