भेनाजुका हत्यारा थिए ‘बलात्कारपछि निर्मलाको ज्यान लिने’ दिलिपसिंह

भेनाजुका हत्यारा थिए ‘बलात्कारपछि निर्मलाको ज्यान लिने’ दिलिपसिंह

कञ्चनपुर : १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका ४१ वर्षीय दिलिपसिंह विष्ट भेनाजुका पनि हत्यारा रहेको खुलेको छ । 

भेनाजुको हत्या गरेर नौ वर्षसम्म जेल सजाय काटेपछि उनी २०७४ मा कारागारबाट निस्केका थिए । तर कारागारबाट निस्केको वर्ष दिन पनि नबित्दै उनले बालिकाको बलात्कार जस्तो जघन्य अपारध गरेर घटना लुकाउन ज्यानै लिए । 

बालिका निर्मलालाई साउन १० गते नियन्त्रणमा लिएर बलात्कारपछि घटना लुकाउन हत्या गरेको बयान पनि भीमदत्त नगरपालिका–१९ का यी युवाले प्रहरीसमक्ष दिएका छन् । 

आइतवार राति करिब आठ बजेको समयमा निर्मलाको ज्यान लिएको स्थानबाट करिब ५० मिटरको दुरीमा हातमा लठ्ठी लिएको अवस्थामा पक्राउ परेका उनले प्रहरीसँगको बयानमा घटना सकारेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी डिल्लीराज विस्टले जानकारी दिए । 

साउन १० मा बालिकाको हत्या भएपछि प्रहरीले गरेको लामो अनुसन्धानका क्रममा यसअघि पनि दिलिपसिंह प्रहरी हिरासतमा परेका थिए । तर सामान्य केरकारपछि उनी त्यो बेला रिहा भएका थिए । 

दिलिपसिंहले प्रहरीसमक्ष घटना स्वीकारे पनि सोमबार अदालतमा पेश गरिँदा उनले घटना नकारेको जिल्ला अदालत कञ्चनपुर स्रोतले जानकारी दिएको छ । प्रहरीले उनलाई १० दिनको म्याद लिएर अनुसन्धान थालेको छ । 

यसरी भयो घटना 

गत साउन १० गते मा साथीकहाँ पढ्न गएकी निर्मला आफ्नो घर फर्किरहेकी थिइन् । घर फर्किने क्रममा उनी चढेको साइकलको चेन बिग्रिएपछि उनी बाटैमा रोकिइन् । साइकलको चेन बिग्रेर अलपत्र परेको अवस्थामा निर्मलालाई देखेपछि दिलिपसिंहले बिग्रेको चेन बनाइदिने निहुँमा नियन्त्रणमा लिएर बलात्कार गरेको खुलेको एसपी विस्ष्टले जानकारी दिए । 

एसपी विस्टका अनुसार बलात्कारका क्रममा निर्मलाले प्रतिकार गरेर चिच्याउँदा घटना सार्वजनिक हुने डरले दिलिपले उनको घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् । 

हत्यापछि फालिएकी निर्मलाको शव भीमदत्त नगरपालिका–१८ र २ को सिमानामा अवस्थित निम्बुखेडा खोलाको पूर्व–उत्तरतर्फको उखुबारीमा कपडा खोलिएको अवस्थामा भेटिएको थियो । 

एसपी विस्टका अनुसार साउन १० गते दिउँसो करिब साढे दुईदेखि तीन बजेको समयमा निर्मलाको बलात्कारपछि हत्या भएको निचोड अनुसन्धानबाट निस्केको बताए । प्रहरी अनुसन्धानले यौन प्यास मेटाउनकै लागि बलात्कारपछि बालिकाको हत्या भएको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.