बलात्कार मुद्दामा कैद सजाय तोकिएका फरार दुई जना पक्राउ
गुलरिया : जवरजस्ती करणी मुद्दामा कैद सजाय तोकिएका फरार दुईजना प्रतिवादीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । पुनरावेदन अदालतको फैसला आदेशले उनीहरुलाई ०७१ साल असोज ६ गते १३ बर्ष कैद सजाय तोकिको थियो ।
प्रहरीले गुलरिया नगरपालिका–७ बस्ने २५ वर्षीय हेमराज लोध (गोडिया) र २४ वर्षीय नन्कु गोडियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए । आवस्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालत पेश गरिएका उनीहरुलाई सोमबारै बेलुकी जिल्ला कारागार बर्दिया चलान गरिएको छ ।