आईसीयू नहुँदा सर्पदंशको उपचारमा समस्या

आईसीयू नहुँदा सर्पदंशको उपचारमा समस्या

गुलरिया : बर्दियाको जेठो जिल्ला अस्पताल गुलरियामा आईसीयु तथा भेन्टिलेटर सेवा नहुँदा सर्पदंशको उपचारमा समस्या भएको छ। जटिल तथा विषालु सर्पका टोकाईबाट गम्भीर बनेका विरामीका लागि जिल्ला अस्पतालमा आईसीयु सेवा नभएपछि बिरामी र चिकित्सक दुवैलाई समस्या परेको हो।

घरकै विस्तारामा सुतिरहेको समयमा सर्पले टोकेपछि मधुवन नगरपालिका वार्ड नम्वर ६ की १४ बर्षिया अस्मिता सुनारले उपचार गर्न जिल्ला अस्पताल गुलरियामा आएको बताईन्। गुराँस माध्यमिक विद्यालय सानो श्रीस्थित कक्षा ८ मा अध्ययनरत सुनारले भनिन्, ‘विस्तारामा सुतेकी थिएँ। राती ९ बजेतिर ३÷४ पटक चिसोजस्तो भयो वास्ता गरिनँ। सर्प रहेछ टोकेपछि थाहा पाएँ।’

सर्पले टोकेको करिव साढे १ घण्टापछि जिल्ला अस्पताल गुलरिया पुगेको उनकी आमा लक्ष्मी सुनारले बताइन्। ‘उपचार पछि छोरीको अवस्था सामान्य भएको छ’, लक्ष्मीले भनिन्। अत्यधिक गर्मी, निकुञ्ज तथा बन जंगल धेरै रहेको बर्दियामा सर्प पनि प्रसस्त पाईन्छ। सर्पले टोकेका बिरामीको संख्या बढ्दो छ। बैशाखदेखि साउनसम्को अवधिमा जिल्ला अस्पताल गुलरियाको आकस्मिक कक्षमा ५७ जनालाई सर्पदंशको उपचार गरिएको जिल्ला अस्पताल गुलरियाका स्वास्थ्य सहायक रुपेन्द्र सोनकरले बताए।

अस्पतालमा उपचार गर्न आउने सर्पदंशका विरामीको मृत्युदर कम भएको उनको भनाइ छ। तर विषालु तथा जटिल टोकाईको उपचार गर्न आईसीयु तथा भेन्टिलेटर नहुँदा अन्यत्र रेफर गर्नुपर्ने अवस्था छ। जिल्ला अस्पताल गुलरियाको आकस्मिक सेवामार्फत वैशाखमा ८, जेठमा १४, असारमा १५ जना र साउनमा २० जना सर्पदंशको उपचार भएको सोनकरले जानकारी दिए। उनका अनुसार उपचार गरिएका ५७ मध्ये १ जनाको मृत्यु भएको र २ जना अन्यत्र रेफर गरिएका छन्। आईसीयु तथा भेन्टिलेटर नभएकाले रेफर गर्नुपर्ने अवस्था छ।

सर्पको विषको अवस्था हेरेर १० भाईलदेखि एन्टिस्नेक भेनमको डोज प्रयोग गरिने स्वास्थ्य सहायक विमला वस्नेतले बताईन्। ‘आवस्यकता अनुसार हामीसँग एन्टिस्नेक भेनम प्रर्याप्त छ’, उनले भनिन्, ‘एमरजेन्सीको फ्रिजमा १ सय ६० भाईल भेनम स्टक राखिएको छ।’ अस्पताललाई आवस्यक पर्ने करिव ४ सय भाईल भेनम जगेडा रहेको उनको भनाइ छ।

तत्काल अस्पताल ल्याईएका सर्पदंशका विरामीको उपचार सहज हुन्छ। ‘परिवारबाट सर्पले टोकेका विरामीको झारफुक र अन्य अलमलका कारण उपचारमा ढिलाई भएमा विरामीको ज्यान जान सक्छ’, विमलाले भनिन्। सर्पदंशमात्र होईन अन्य रोगको उपचारका लागि पनि जिल्ला अस्पताल गुलरियामा आईसीयुको आवस्यकता रहेको उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.