बकर इदमा प्रदेश- १ मा बिदा
विराटनगर : मुस्लिमको पर्व बकर इदको अवसरमा प्रदेश - १ सरकारले सार्वजनिक बिदा दिन निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले बुधबार पर्ने पर्वका दिन प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो।
प्रदेशमा बसोबास गर्ने मुसलमान समुदायले यो पर्वका अवसरमा बिदा दिन माग गर्दै आएका थिए। मुस्लिम अगुवा ओसिम आलमले प्रदेश सरकारले बिदा दिन गरेको निर्णय स्वागतयोग्य भएको बताए ।
प्रदेश सरकारले यसअघि रक्षा बन्धन, विराटनगरमा हुने राधाकृष्ण रथयात्रा , विश्व आदिवासी जनजाति दिवस र छठ पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, आदिवासी जनजाति दिवसमा दिइएको विदामा भने जिल्ला प्रशासनसहितका सरकारी कार्यालय खुले रहेका थिए।