प्रदेश पाँचमा भोली सार्वजनिक विदा
भैरहवा : पाँच नम्बर प्रदेश सरकारले भोली बुधवार सार्वजनिक विदा दिएको छ । मुस्लिम सामुदायको बक्रईदको पर्वको अवसरमा प्रदेश सरकारले बुधवार सार्वजनिक विदा दिने निणय गरेको प्रदेश सरकारका मुख्यमन्त्रीको प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिए ।
समाचार तयार पार्दा सम्म ७ वटा प्रदेश मध्ये प्रदेश नम्बर एक, दुई र पाँचले सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार प्रदेश पाँचको आन्तिरक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशन गरी सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।
बक्रईदको अवसरमा केन्द्र सरकारले विदा दिनुपर्ने मुस्लिम संघसंस्थाले माग गर्दै आएपनि केन्द्र सरकारले त्यसको कुनै सुनुवाई नगर्दा प्रदेश सरकारले मागलाई सम्बोधन गर्दै विदा दिएको हो ।
यस अघि जेठ १५ गते गणतन्त्र दिवसमा पनि प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेपनि अधिकांश सरकारी कार्यालय, बैंक वित्तिय संस्था लगायतले प्रदेश सरकारको निर्णय अटेर गरेपछि प्रदेश सरकारका मन्त्रीहरुले केन्द्र सरकारको आलोचना गरेको थिए ।