तरकारी संकलन केन्द्र अलपत्र

तरकारी संकलन केन्द्र अलपत्र

प्यूठान : चारवर्षअघि निर्माण शुरु गरिएको ऐरावती गाउँपालिका–६ विजुली हाडीखोला प्यूठानको निर्माणधिन तरकारी संकलन केन्द्र अलपत्र परेको छ । सम्वन्धित निकायको वेवास्ताले गर्दा भवनको निर्माण कार्य पुरा हुन सकेको छैन् । मल्लरानी र ऐरावती गाउँपालिका अन्तर्गत गर्ने विजुली, रस्पुरकोट, धरमपानी र चुँजाका किसानलाई लक्षित गरी संकलन केन्द निर्माण गर्न लागिएको थियो ।

संकलन केन्द्र पुरा नभएपछि हाल निर्माण भएको अधुँरो भवनमा घाँस उम्रिएको छ । दाउराको स्टोर बनाइएको छ । ‘शुरुमा भवन निर्माण गर्दा यस क्षेत्रका किसानहरु धेरै खुसी थिए’,हाडीखोलाका स्थानीय रामप्रसाद पोख्रेलले भने,‘चार वर्ष वितिसक्यो, अहिल्यसम्म निर्माण गर्न कसैले चासो दिएनन् ।’ सडक सञ्जालको समेत राम्रो सुविधा भएकाले तरकारी संकलन केन्द्रको आवश्यकता रहेको उनले बताए । खलंगा—चुँजाठाटी—जोगिटारी सडक कालोपत्रे भइरहेको छ । चुँजा, विजुली र रस्पुरकोट गाउँमा हिजोआज व्यवसायिक किसानहरुको समेत संख्या बढ्दै गएकाले संकलन केन्द्र आवश्यकता भएको पोख्रेलले बताए । छिमेकी जिल्ला अर्घाखाँचीमा समेत यहाँको उत्पादन पु¥याउन सहज सडक पहुँच छ ।

दशकौँदेखि व्यवसायिक कागती खेतीमा लागेका ऐरावती गाउँपालिका –६ विजुलीका बयोवृद्ध किसान डोर बहादुर खड्काले तरकारी संकलन केन्द्र निर्माणपछि कागतीले बजार पाउने आशा व्यक्त गरे । ७४ वर्षिय खड्काले घरमै बसेर आराम गर्ने उमेर भएपनि जोसजागर सहित व्यवसायिक खेतीमा लागेका छन् । उनले आफैँ सम्पर्क सम्वन्य गरेर कागती विक्री गरिरहेका छन् ।

तत्कालिन तीन गाविसको आर्थिक सहयोगमा तरकारी संकलन केन्द्र निर्माणको काम थालिएको थियो । हालसम्म अँधुरो भवनका लागि करिव ११ लाख रुपैयाँ खर्च भइसकेको स्थानीयले बताएका छन् । तत्कालिन चुँजाका राष्ट्रिय जनमोर्चाका नेता अम्मरध्वज राना निर्माण समितिको अध्यक्ष बनेर संकलन केन्द्रको निर्माण शुरु गरेका हुन् । उनी हाल मल्लरानी गाउँपालिकाको अध्यक्षको नेतृत्व सम्हालेका छन् । राना अध्यक्षमा निर्वाचित भएपछि यस क्षेत्रका किसानहरुले अपुरो भवन पुरा हुनेमा विश्वास समेत गरेका छन् ।

अध्यक्ष रानाले अँधुरो भवन पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । ‘११ लाख रुपैयाँ खर्च भइसकेको छ’,उनले भने,‘यसवर्ष बजेट विनियोजन भएको छैन् । ऐरावती गाउँपालिकासँग मिलेर भवन निर्माण पुरा गर्ने योजना छ ।’ भवन निर्माण पुरा गर्न झण्डै १५ लाख रुपैयाँ बजेट आवश्यक पर्ने समेत उनले जानकारी गराए । आफ्नो कार्यकालभित्र तरकारी संकलन केन्द्र संचालनमा ल्याउने गरी काम अघि बढाउने उनको सोँच छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.