धुमाधामसँग मनाइयो इद (फोटो फिचर)

धुमाधामसँग मनाइयो इद (फोटो फिचर)

नेपालगन्ज : बाँकेका मुस्लिम समुदायले इस्लाम धर्मावलम्बीले दोश्रो ठूलो पर्व इद-उल-अजहा (बकर इद) धुमधामसँग मनाएका छन्। यो पर्व तीन दिनसम्म मनाइने चलन छ।बकर इदको अवसरमा बुधबार बिहान साढे आठ बजे नेपालगन्जको वीपी चोकस्थित इदगाहामा ठूलो संख्यामा मुस्लिम समुदायका व्यक्तिले सामूहिक नमाज पढेका थिए। 

इदगाह मस्जीदमा नेपालगन्ज र ग्रामीण क्षेत्रबाट आएका मुस्लिम धर्माबलम्बीको निकै घुइँचो देखिन्थ्यो। सुर्खेत रोडमासमेत नमाज पढिने भएकाले केही समय सडक नै अवरुद्ध भएको थियो। नवाज पढेपछि एक आपसमा अंगालो हालेर 'इद मुबारक' भन्दै शुभकामना आदान-प्रदान गरेका थिए। 

इस्लामिक क्यालेण्डर अनुसार यो १२ औं महिना हो। यो महिनापछि नयाँ वर्ष मोहरम सुरु हुन्छ।  बकरइदमा हज र कुर्वानी अनिवार्य भएको मुस्लिम समुदायले इगदाहमा नमाज पढेपछि दक्षअनुसार घरमा खसी, भेंडा, राँगालगायतका पशुबलि कुर्वानी दिने धार्मिक परम्परा छ।

नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणा र नेकपाका केन्द्रीय सदस्य मोहम्मद हारुन ।

कुर्वानी दिएको जनावरको मासु तीन भागमा बाँडेर एक भाग आफ्नो परिवारमा, एक भाग आफन्त तथा छरछिमेकमा र एक भाग विपन्न तथा गरिवलाई बाँड्नै पर्ने चलन रहेको मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए।

यो पर्व इस्लामी इतिहासमा पैगम्बर हजरत इब्राहीमले आफनो छोरा हजरत इसमाइललाई अल्लाहको आदेश पालनका निम्ति खुसी अल्लाहको हुकुम पालन गर्दै आफनो छोराको कुर्बानी गर्न खोज्दा छोराको ठाँउमा दुम्बा भेडा कुर्बानी भएकोले त्यही सुन्नतलाई पूरा गर्दैं मुस्लिम समुदाय कुर्वानी गर्दै आएका छन्। 

सहरी विकास मन्त्री मो.इतियाक राई, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणालगायतले वीपी चोक नै पुगेर शुभकामना आदान-प्रदान गरेका थिए। संघीय सरकारले राष्ट्रिय पर्वको विदा कटौती गरेकोमा मुस्लिम अगुवा आक्रोसित थिए। पूर्वसभासद् सभासद् अब्दुल हमिद सिद्धिकीले संघ सरकारले राष्ट्रिय विदा कटौती गर्न नहुने सुझाव दिएका थिए। प्रदेश ५ सरकारले भने बुधबार एक दिन विदा दिएको थियो। 

बकर इदको अंगालो हालेर शुभकामा साँट्दै मुस्लिम धर्मालम्बी।


सामूहिक नमाज पढ्दै मुस्लिम समुदायका धर्मालम्बी।

बकर इदको अंगालो हालेर शुभकामा साँट्दै मुस्लिम धर्मालम्बी।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.