बलात्कारपछि निर्मला हत्याकाण्ड : एसएसपी चन्द कञ्चनपुरमा खटाइए

बलात्कारपछि निर्मला हत्याकाण्ड : एसएसपी चन्द कञ्चनपुरमा खटाइए

महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाको हत्या आरोपमा प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि चर्केको आन्दोलन उग्र बनिरहँदा ७ नम्बर प्रदेश प्रहरीले एसएसपी विक्रमबहादुर चन्दलाई कञ्चनपुर पठाएको छ ।

७ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुरज केसीले आन्दोलन उग्र बन्दै गएपछि शान्ति सुरक्षा कायम गर्न एसएसपी चन्दलाई पठाइएको बताए । 

‘त्यहाँको आन्दोलन उग्र बन्दै गएपछि अवस्था सामान्य पार्न एसएसपी खटाइएको हो’ उनले भने, ‘एसएसपी सा’बले त्यहाँ सहजीकरण गर्दै अनुसन्धानबारे पनि वास्तविक अध्ययन गर्नुहुनेछ ।’ 

उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालयले नै अनुसन्धान गरिरहेको भन्दै एसएसपीले थप अनुसन्धानमा सहयोग गर्ने बताए । डीआईजी केसीले जिम्मेवारीसहित एसएसपी खटाएपछि अब निर्मला पन्त हत्याकाण्डको अहिलेसम्म भएको अनुसन्धानको वास्तविकता र बाँकी प्रक्रिया उनले नै हेर्ने छन् । 

कञ्चनपुरका एसपी डिल्लीराज विष्टले शान्ति सुरक्षा कायम गर्न नसकेकाले एसएसपी खटाइएको हो भन्ने प्रश्नमा उनले त्यसो नभएको दाबी गरे । तर प्रहरी स्रोतका अनुसार एसपी विस्टको सरुवा हुनुपर्ने र उनको अनुसन्धान सही ढंगबाट नभएको भन्दै आन्दोलन चर्किएपछि तत्कालका लागि एसएसपी खटाइएको हो । 

बलात्कारपछि निर्मला हत्याकाण्डमा अहिलेसम्म भएको अनुसन्धान र अबको छानबिनको सम्पूर्ण जिम्मेवारी एसएसपी चन्दले लिने प्रहरी स्रोतले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले एसएसपी चन्दलाई अनुसन्धान प्रभावकारी बनाउनका लागि पठाइएको बताए । उनले कन्चनपुरका एसपी विस्ट त्यहीँ यथावत रहने पनि जानकारी दिएका छन् ।

७ नं. प्रदेश प्रहरी कार्यालय अन्र्तगत दिपायलमा रहेका एसएसपी चन्दलाई बुधवार नै डीआईजी सुरज केसीले कञ्चनपुरको कमाण्ड सम्हाल्न निर्देशन दिएपछि महेन्द्रनगरका लागि हिँडेका छन् । उनले बिहीवारदेखि कमाण्ड सम्हाल्ने भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.