रुपन्देहीमा सात वर्षीया बालिका बलात्कृत

रुपन्देहीमा सात वर्षीया बालिका बलात्कृत

भैरहवा : बलात्कारको विषयमा सदनमा बहसदेखि सडकमा आन्दोलन भइरहेका बेला रुपन्देहीमा भने एकजना नाबालिका बलात्कृत भएकी छिन्। जिल्लाको कंचन गाउँपालिका- ३ धमिरातालकी ७ वर्षीया सिता (परिवर्तित नाम) घरमा सुतिरहेको अवस्थामा सोही स्थानका २० वर्षीय विकल पुनले उनलाई जबरजस्ती करणी (बलात्कार) गरेको रुपन्देहीका प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए।

बलात्कृत नबालिकाको घर धादिङ हो। उनी आफ्नो मामा घर धमिरातालमा बसेर कक्षा ३ मा अध्ययन गर्थिन्। पक्राउ परेका पुन बालिकाको मामाका साथी रहेको बताइएको छ। राति करिब ११ बजे नबालिकाको सुतिरहेको अवस्थामा घरभित्र पसेर उनले नबालिकालाई जबरजस्ती करणी गरेको गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक जीवराज ढुंगानाले बताए ।

पक्राउ परेको पुनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.