रुपन्देहीमा सात वर्षीया बालिका सुतेकै ठाउँमा बलात्कृत
भैरहवा: बलात्कारको विषयमा सदनमा बहस र सडकमा आन्दोलनमा भइरहेको बेला रुपन्देहीमा एकजना नाबालिका बलात्कृत भएकी छिन् ।
जिल्लाको कञ्चन गाउँपालिका–३ धमिरातालकी ७ वर्षीया बालिकालाई आफ्नो घरमा सुतिरहेको अवस्थामा त्यही स्थानका २० वर्षीय विकल पुनले उनलाई जबरजस्ती करणी (बलात्कार) गरेको रुपन्देहीका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए ।
बलात्कृत नाबालिकाको घर धादिङ हो । उनी आफ्नो मामा घर धमिरातालमा बसेर कक्षा ३ मा अध्ययन गर्थिन् । पक्राउ परेका पुन बालिकाको मामाको साथी रहेको बताइएको छ ।
राति करिब ११ बजे नबालिकाको सुतिरहेको अवस्थामा घरभित्र पसेर उनले नबालिकालाई जबरजस्ती करण्ी गरेको गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक जीवराज ढुंगानाले बताए ।
पक्राउ परेका पुनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।