नयाँ मापदण्डले रक्तसंचार केन्द्र संकटमा

नयाँ मापदण्डले रक्तसंचार केन्द्र संकटमा

गुलरिया : राष्ट्रिय रक्तसंचार ब्यूरोले देशभरका रक्तदान केन्द्रलाई न्युनतम मापदण्ड तोकेपछि नेपाल रेडक्रस सोसाईटीले संचालन गरेका धेरै जसो रक्तदान केन्द्र बन्द हुने अवस्थामा छन् । रक्त संकलन केन्द्रका लागि बिभिन्न तहका प्राबिधिक अनिवार्य हुनुपर्ने मापदण्ड बनेको छ । तर हाल रहेको रक्तसञ्चार केन्द्र कामचलाउ हालतमा छन् । सरकारको मापदण्ड पालना बाध्यकारी भएपछि आर्थिक संकटका कारण केन्द्रहरु बन्द हुने हालतमा पुगेको हो । रक्तसञ्चार केन्द्र बन्द भए विरामीले रगत पाउन कठिन हुनेछ ।

१९ बर्ष अघिदेखि बर्दिया जिल्ला अस्पताल परिसरमा बर्दिया रेडक्रसले सञ्चालन गर्दै आएको रक्तसंचार सेवा आर्थिक अभावले बन्द हुने अवस्थामा पुगेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बर्दियाका सभापति कृष्णप्रसाद गौतमले बताए । ‘ब्युरोले तिन बर्षअघि मापदण्ड अनुसारको केन्द्र संचालन गर्न पत्राचार गरे पनि हामीले जेनतेज चलाएका थियौं । अब चलाउन नसकिने अवस्था आयो’, उनले भने । देशभरका करिव ४० भन्दा वढी रक्तसंचार केन्द्रको अवस्था यस्तै रहेको उनको भनाइ छ ।

मापदण्ड अनुसारको प्रविधि खर्च २४ लाख रुपैयाँ र केन्द्र तथा मानवशंसाधन खर्च बार्षिक अनुमानित ३२ लाख ३४ हजार रुपैयाँ खर्च थेग्न रेडक्रसलाई समस्या देखिएको छ । मापदण्ड अनुसारको प्रविधि उपलब्ध गर्न सकिने भए पनि बार्षिक केन्द्र संचालन खर्च जुटाउन कठिनाई भएको उनको भनाइ छ । रक्तसंचार केन्द्र संचालनका सन्दर्भमा रेडक्रसले जिल्लाका ८ वटै स्थानिय तहसँग छलफल गरे पनि केन्द्र संचालन खर्च कतैबाट जुट्न सकेन ।

रेडक्रसको आम्दानी नभएको र स्थानिय साना तिना सहयोगले केन्द्र दीगो रुपमा संचालन हुन नसक्ने भएपछि नेपाल रेडक्रस सोसाईटीले रक्तसंचार केन्द्र बन्द गर्ने स्थितिमा पुगेको हो । बर्दिया जिल्ला अस्पताल परिसर गुलरियामा संचालनमा रहेको लारी रक्तसंचार केन्द्र सरकारले संचालन गर्नुपर्नेमा उनले जोड दिए । सरकारले तोकेको मापदण्डअनुसार मेडीकल टेक्नोलोजिष्ट १, ल्याव टेक्निसिएन ३, ल्याव असिस्टेन्स २, ड्राईभर, सेक्युरिटी गार्ड, क्लिनर र ल्याव पर्सन गरी कम्तीमा ११ जना कर्मचारी राख्नुपर्ने प्रावधान छ ।

अस्पताल विकास समिति भंग भएकाले समितिबाट पाउने ४० प्रतिशत सहयोग समेत कटौटी भएको छ । मापदण्ड विपरीत गैर कानूनी रुपमा रक्तसंचार केन्द्र संचालन नगरिने उनले प्रष्ट पारे । रक्तसंचार केन्द्र बर्दियाले बार्षिक ३ सय ४९ पिन्ट रगत संकलन गर्दै आएको छ । सर्वत्र रगतको माग बढीरहेको अवस्थामा रक्तसंचार सेवा संचालन गर्न आवश्यक प्रविधि र जनशक्तिको ब्यवस्था जिल्ला अस्पताल बर्दियाले गरे पनि केन्द्रलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.