बलात्कृत महिला बेहोस

बलात्कृत महिला बेहोस

लहान : नशालु पदार्थ खुवाएर सिरहाको लहानमा एक महिलालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । लहान नगरपालिका–३ अस्पताल चोकस्थित माँ तारा लजमा एक महिला बलात्कारको सिकार भएकी हुन् । पीडित महिलाको स्वास्थ्य गम्भीर रहेको जनाइएको छ । बलात्कारपछि महिलालाई लजमै छाडेर घटनामा संलग्न दोषी भागेका थिए । ग्राहकले महिलालाई नांगो अवस्थामा देखेपछि लहान प्रहरीमा खबर गरिएको थियो । त्यसलगत्तै घटनास्थल पुगेर उनको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

लहान अस्पतालमा उपचार सम्भव नभएपछि पीडित महिलालाई धरान पठाइएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी राजेश थापाले जानकारी दिए । धरानमा उनको उपचार भइरहेको डीएसपी थापाको भनाइ छ । उनका अनुसार घटना बिहीबार साँझकै भए पनि अहिलेसम्म पीडित महिला बेहोस छिन् ।

सप्तरीको तेरहौता घर भएकी अन्दाजी ३५ वर्षकी यी महिला विवाहित रहेको जनाइएको छ । मदिरासहित अन्य नशालु पदार्थ खुवाएर उनलाई बलात्कार गरिएको अनुमान चिकित्सकले गरेका छन् । कुन नशाले लठ्ठ परेको कुरा खुल्न नसकेपछि उपचारमा समस्या भएकाले धरान पठाइएको लहान अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार अस्पताल ल्याउनेबित्तिकै ती महिलाले वान्ता गरेकी थिइन् ।

पीडित महिला अझै होसमा आउन नसकेका कारण दोषीका विषयमा केही खुल्न नसकेको डीएसपी थापाले बताए । ‘पीडित महिला होसमा आउनेबित्तिकै बलात्कार गर्ने व्यक्तिको नाम खुल्छ’, उनले भने, ‘त्यसपछि आरोपितलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

उनका अनुसार नशा खुवाएर बलात्कारको घटना हुँदा पनि लज सञ्चालकले थाहा नपाउनु गम्भीर विषय हो । प्रहरीले भने लज सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छैन । अवैध यौनधन्दा गराउने होटल तथा लज सञ्चालकलाई कारबाही गर्न माग गरिए पनि प्रहरीले चासो नदेखाएका स्थानीय ललित महतोको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.