सीमावर्ती क्षेत्रमा छ्यापछ्याप्ती भारतीय सवारी

सीमावर्ती क्षेत्रमा छ्यापछ्याप्ती भारतीय सवारी

बिर्तामोड : भारतसँग सिमाना जोडिएका बस्तीका प्रायः घरमा भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित साना सवारी साधन पाइन्छ। तर, नेपालमा भारतीय सवारी साधन चलाएबापत उनीहरूले न भन्सार सुविधा तिर्छन् न त प्रहरीले उनीहरूको कागजात हेरेर कारबाही नै गर्छ।

झापाका मुख्य सहर र मुख्य राजमार्गमा पनि यस्तै सवारी साधन निर्वाध रूपमा गुडिरहेका भेटिन्छन्। बेलाबखत हुने सवारी जाँचका क्रममा त्यस्ता मोटरसाइकल भेटिए लाइसेन्स हेर्ने गरिए पनि अन्य कागजपत्र र भन्सार सुविधाको रसिद कमै मात्र हेर्ने गरिन्छ। यसले गर्दा सीमावर्ती क्षेत्रका बजार र बस्तीमा भारतीय सवारी साधन राख्ने नेपालीको संख्या बढ्न थालेको जनाइएको छ।

यहाँभन्दा भारतमा मोटरसाइकल दुई गुना सस्तो पर्ने र सुरक्षा जाँचमा कडाइ पनि कम नहुँदा यो क्रम बढेको हो। ‘भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रत्येक घरमा देखिन्छ’, भद्रपुरका सन्तोष बरालले भने, ‘भद्रपुर क्षेत्रका बजारमा निर्वाध दौडिँदा पनि प्रहरीले खासै चासो नदिँदा यसो गर्नेलाई हौसला मिलेको छ।’

काम परेर भारतीय क्षेत्रबाटै आउने केही व्यापारी र स्थानीयले भन्सार तिर्ने गरे पनि यतै रहेकाहरूले भन्सार सुविधा नलिएको भद्रपुर भन्सार कार्यालयले जनाएको छ। भद्रपुर भन्सार कार्यालयका प्रमुख गणपति कँडेलका अनुसार भन्सार तिर्न र सुविधा लिन दैनिक १५ देखि २० वटासम्म भारतीय गाडी आउँछन्। यी सबै भारतीय नागरिकले नेपाल लिएर आएका सवारी हुन्।

भन्सार क्षेत्र भएरै दैनिक १ सयजति भारतीय सवारी साधन आवतजावत गर्ने गर्छन्। भद्रपुर क्षेत्रमा सोही संख्यामै नेपालीले राखेका भारतीय सवारी दौडने गरेका छन्। वडा प्रहरी भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जबेगूले निर्वाध रूपमा भारतीय नम्बर प्लेटका सवारी साधन चलेको स्वीकार गर्दै यसको नियन्त्रणका लागि प्रहरी एक्लैले केही गर्न नसक्ने बताए।

यस्ता मोटरसाइकल प्रयोगले आपराधिक गतिविधिसमेत बढ्न सक्ने भएकाले प्रशासनले चासो दिनुपर्ने प्रहरी अधिकारीको भनाइ।

‘यो समस्या अहिलेको होइन, १—२ वटाको संख्यामा मात्र नभई त्यस्ता मोटरसाइकल र साना सवारी सयौं छन्’, उनले भने, ‘यसका लागि प्रहरी कार्यालय झापाका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग समन्वय जरुरी हुन्छ।’

यस्ता मोटरसाइकल प्रयोगले आपराधिक गतिविधिसमेत बढ्न सक्ने भएकाले प्रशासनले चासो दिनुपर्ने उनको भनाइ छ। यसअघि झापामा भएका हत्यासहितका आपराधिक क्रियाकलापमा भारतीय सवारी साधन नै प्रयोग हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ। बिर्तामोडका सुन व्यापारी साजन मुखियाको हत्यामा पनि भारतीय कार प्रयोग भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी कृष्ण कोइरालाको भनाइ छ।

भारत प्रवेशमा कडाइ

भद्रपुरस्थित नेपाल–भारत सीमावर्ती नाकामा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली मोटरसाइकल र साना सवारी साधन भारत प्रवेशमा कडाइ गर्न थालेको छ। यसअघि नेपाली नम्बर प्लेटका सवारी साधनलाई भारत प्रवेश गराउँदा एसएसबीले नम्बर रेडर्क पुस्तिकामा लेखाउँदा पुग्थ्यो तर अहिले सवारी चालक अनुमतिपत्र र ब्लुबुक अनिवार्य गरिएको छ। जसका कारण नेपालबाट किनमेलका लागि भारतीय बजार गलगलिया जाने नेपाली समस्यामा परेका छन्।

लाइसेन्स मात्र बोकेर सिमानामा पुग्ने नेपाली दसगजा क्षेत्रमै मोटरसाइकल पार्किङ गरेर गलगलिया जाने गरेका छन्। जसका कारण अहिले दसगजा क्षेत्र नेपालीले मोटरसाइकल पार्किङ गर्ने क्षेत्र बनेको छ। नेपालतर्फ भने भारतीय मोटरसाइकल प्रवेश गर्दा भने लाइसेन्स र नम्बर लेखाए पुग्छ। फर्किएर आउँदा भन्सारको सुविधा रसिद देखाएर प्रहरीले जान दिने चलन छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.