राणाकालीन टुुँडिखेल अब नमुुना रंगशाला

राणाकालीन टुुँडिखेल अब नमुुना रंगशाला

धनकुुटा : राणाकालीन समयमा निर्माण भएको धनकुुटा सदरमुुकामस्थित ऐतिहासिक तल्लो टुँडिखेलको स्तरोन्नति भएसँगै नमुुना रंगशाला बन्न सफल भएको छ । धनकुुटा–५ मा अवस्थित तल्लो टुुँडिखेलमा पक्की प्यारापिट, सुुविधायुुक्त मञ्चलगायतको पूर्वाधार निर्माण, मैदान सम्याउने र वरिपरि तार घेराबार गर्ने काम सम्पन्न भइसकेको छ ।

अघिल्लो आर्थिक वर्ष संसद् विकास कोषको १० लाख ५० हजार र राष्ट्रिय खेलकुुद परिषद्को पाँच लाख गरी १५ लाख ५० हजार रुपैयाँको लागतमा मैदान वरिपरि १२ फुुटको दुुई सय ४० मिटर तार घेराबार गरिएको थियो । त्यस्तै सोही आर्थिक वर्ष धनकुुटा नगरपालिकाको ७० लाख रुपैयाँ लागतमा पक्की प्याराफिट, बाटो र वाल लगाउने काम भएको थियो । निर्माण सम्पन्न भइसकेको पक्की प्याराफिट तीन हजार दर्शक अट्ने क्षमताको छ ।

जीर्ण अवस्थामा रहेको पुुरानो मञ्चलाई भत्काएर गत आर्थिक वर्षमा नगरस्तरीय बजेटबाट करिब ३० लाख रुपैयाँको लागतमा सुुविधायुुक्त पक्की मञ्च निर्माण गरिएको छ । त्यस्तै मैदान सम्याएर दुुबो रोप्ने काम अहिले धमाधम भइरहेको छ । दुुबो रोप्ने काम सम्पन्न भइसकेपछि धनकुुटा सदमुुकामको यो ऐतिहासिक टँुुडिखेल देशकै नमुुना रंगशाला हुुने धनकुुटा–५ वडाका वडासदस्य तथा सहिद भीमनारायण स्मृति प्रतिष्ठानका महासचिव रोशन श्रेष्ठले बताए ।

नगरपालिकाले सहिद भीमनाराण गोल्डकपको लागि उपलब्ध गराएको दुुई लाख रुपैयाँ बजेटले अहिले दुुबो रोप्ने काम भइरहेको छ । ‘मैदान स्तरोन्नतिको कामले सहिद भीमनारायण गोल्डकपको १४औं संस्करण प्रतियोगिता समयमै हुुन पाएन ।’ उनले भने ‘सो बजेटले मैदानमा दुुबो रोप्ने काम गरिएको र प्रतियोगितालाई अझ प्रतिष्ठित र व्यवस्थित बनाउन मैदानले सहयोग पुुग्नेछ ।’

सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप पूर्वीक्षेत्रकै प्रतिष्ठित फुुटबल प्रतियोगिता भए पनि मैदानको स्तर राम्रो नहुुँदा ठूला क्लबले सहभागिता जनाउन मान्दैनथिए । तर अब स्तरोन्नति भएपछि देशमै नाम चलेका प्रतिष्ठित क्लब प्रतियोगितामा सहभागी हुुने उनले विश्वास गरे । प्रतियोगिताको १४औं संस्करण माघमा आयोजना गर्ने तयारी भइरहेको उनले बताए ।

धनकुुटा नगरपालिकाको स्वामित्वमा रहेको सो टुुँडिखेल धनकुुटा फुुटबल संघले २५ वर्षका लागि लिजमा लिएको थियो । जसको कारण अहिले मैदानको व्यवस्थापन संघले गरिरहेको छ । हाल मैदानको लम्बाइलाई बढाएर अहिले एक सय १० मिटर र चौडाहा बढाएर ७० मिटर बनाइएको छ । मैदानको माथिल्लो भेगमा रहेको प्याराफिट र मञ्चमा सुुन्तलाको पहिचान दिने खालको सुुन्तले कलरले रंगरोगन गरिएको छ ।

खेलमैदान स्तरोन्नतिको लागि भन्दै खेलमैदान खेलकुुद गतिविधि गर्न रोक लगाइएको छ । दुुबो हुुर्किसकेपछि सरोकारवाला निकायसँग छलफल गरेर मात्रै खेलकुुद गतिविधि खुुला गर्ने बताइएको छ ।

स्थानीयदेखि राष्ट्रियस्तरको खेलकुुद प्रतियोगिता हुुने सदरमुुकामको एकमात्र खेलमैदान मर्मतसम्भार अभावले जीर्ण बनेको थियो । राणा प्रधानमन्त्री देवशमशेर काठमाडांैबाट खेदिएर धनकुुटा आएपछि उनैको पहलमा यो टँुुडिखेल निर्माण भएको इतिहास छ । टुुँडिखेलको एक छेउमा जोर धरहरासमेत छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.