बेवारिसे बन्यो पर्यटन सूचना केन्द्र

बेवारिसे बन्यो पर्यटन सूचना केन्द्र

टक्सार : ६ वर्षअघि भोजपुर टक्सारमा बनेको पर्यटन सूचना केन्द्रको भवन बेवारिसे बनेको छ।रेखदेख र प्रयोग अभावमा दिनानुदिन भवन जीर्ण बन्दै गएको छ।तत्कालीन पाँच विकास क्षेत्रमा ६ वटा पर्यटन सूचना केन्द्र कार्यालय बनाउने पर्यटन बोर्डको निर्णयअनुसार पूर्वाञ्चलका लागि भोजपुरमा काम थालिएको थियो।आर्थिक वर्ष २०६९÷७० मा तत्कालीन जिविस र स्थानीयको श्रमदानसहित बोर्डले छुट्याएको ५९ लाख बजेटमा बनेको सूचना केन्द्रमा अहिले चराचुरुंगीले गुँड लगाएका छन्।भवन कुनै प्रयोजनमा नल्याइएपछि काठपात, फर्निचर तथा फलामलगायत भौतिक सामान कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

स्थानीयको पहलमा गत वर्ष जिससले १ लाख ३५ हजार रकम भवन मर्मतका लागि छुट्याएको थियो।मन्त्रालयको मातहत सूचना केन्द्र निर्माण गरिएकाले जिससको स्वामित्वमा नआएका कारण यसलाई प्रयोगमा ल्याउन नसकिएको सूचना अधिकारी धनबहादुर राईले बताए।भने, ‘भवन मन्त्रालयको मातहतमा रहेकाले हामीले प्रयोग गर्न मिल्दैन ।’

यो भवन पुनः प्रयोगका लागि मन्त्रालयमा निवेदन दिइए पनि ठोस निर्णय नआएको तत्कालीन भवन निर्माण समितिका प्रमुख धीरेन्द्र श्रेष्ठले सुनाए।भवनलाई बेवारिसे छाड्नुभन्दा कुनै संघसंस्थालाई प्रयोग दिने भनिए पनि कोही नआएको उनको भनाइ छ ।

भोजपुर विमानस्थलबाट डेढ किलोमिटर दूरीमा रहेको सूचना केन्द्र पर्यटकीय महत्वको ठाउँमा पर्छ।ऐतिहासिक टक्सार क्षेत्र, दर्जनौं मठमन्दिर, सुन्दर बेंसीका फाँट र हवाई उडानको मनोरम दृश्यावलोकन गर्न सकिने ठाउँमा रहेको सूचना केन्द्र प्रयोगमा आए पर्यटन विकासमा टेवा मिल्ने स्थानीय ओमकारध्वज कार्कीले बताए ।

स्थानीय सरकार बनेपछि भने वडाको मातहत सूचना केन्द्र रहने सक्ने जनाइएको छ।चालू आर्थिक वर्ष सूचना केन्द्रको भवन संस्थागत काममा प्रयोग गर्ने योजना रहेको भोजपुर–१२, टक्सारका वडाध्यक्ष कुमारप्रसाद श्रेष्ठले बताए।‘सुरुमा जुन लक्ष्य र उद्देश्यका लागि भवन बनाइएको थियो त्यसअनुसार काममा आएन’, उनले भने, ‘बैठक बसेर कुनै न कुनै प्रयोजनका लागि भवन चलाउन पहल गर्नेछौं ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.