विस्कुटमा सफल काबरा ग्रुप चाउचाउको प्रतिस्पर्धामा

विस्कुटमा सफल काबरा ग्रुप चाउचाउको प्रतिस्पर्धामा

विराटनगर : व्यवसायिक घरनाका रुपमा परिचित काबरा गु्रपले क्वालिटी नुडल्समार्फत एकसाथ चाउचाउका दुई नयाँ उत्पादनलाई बजारमा ल्याएको छ । 

विस्कुटमा छुट्टै ब्राण्ड स्थापित भएपछि चाउचाउमा हात हालेको काबरा गु्रपले शनिबार राति विराटनगरमा एक कार्यक्रम गरेर ७० करोड रुपैयाँ लगानीमा चाउचाउका दुई नयाँ उत्पादन सुरु गरिएको जानकारी दिएको हो । 

ग्रुपले ‘रोमियो’ र ‘ज्याकपट’ नाम गरेका दुईवटा नयाँ चाउचाउ बजारमा ल्याएको हो । योसँगै काबरा गु्रपले उत्पादनले गर्ने चाउचाउको ब्रान्ड तीन पुगेको छ । यसअघि यो ग्रुपले ‘निकनक’ चाउचाउ उत्पादन गर्दै आएको थियो । 

‘रोमियो’ ७० ग्राम र ‘ज्याकपट’ ५५ ग्रामको प्याकमा रहने क्वालिटी नुडल्सका सञ्चालक श्याम काबराले बताए । उपभोक्तालाई आकर्षित गर्न ‘रोमियो’ को प्याकेट भित्र क्वालिटी गु्रपकै उत्पादन ‘कान्छा चोकोकिड्स’ र ‘ज्याकपट’ चाउचाउको प्याकेट भित्र एउटा ठूलो चकलेट राखिएको उनको भनाइ छ । 

काबराका अनुसार दुवै चाउचाउको एक प्याकेटको खरिद मूल्य १५ रुपैयाँ छ । उनले चिकेन र भेज दुवै चाउचाउ उत्पादन हुने जानकारी पनि दिए । 

क्वालिटी नुडल्समार्फत नयाँ चाउचाउ उत्पादनको शुभारम्भ काबरा गु्रपका संरक्षक गणपतलाल काबराले गरे । मोरङको बुढीगंगा गाउँपालिका हात्तीमुडास्थित उद्योगबाट दैनिक १६ घण्टा मेशिन चलाएर २० हजार कार्टुन चाउचाउ उत्पादन गर्न थालिएको जनाइएको छ । 

काबरा गु्रपले ३३ वर्ष अघि विस्कुट उद्योगबाट व्यवसाय सुरु गरेको हो । गु्रपले अहिले टेस्टी टेस्टी, बनबन, थिन आरारोट, गाई छाप ग्लुकोज, मर्निङ टच, डाईजेस्टिभ जस्ता विस्कुट उत्पादन गर्दै आएको छ । चकलेट र स्न्याक्स समेत बजारमा ल्याइएको गु्रपले जनाएको छ । 

‘चाउचाउका नयाँ उत्पादन लिएर हामी बजारमा आएका छौं,’ सञ्चालक सिद्धार्थ काबराले भने, ‘बजार र उपभोक्ताको रुचि तथा मागलाई ध्यानमा राखेर उत्पादन बढाउँदै लैजाने योजना छ ।’ 

उनले काबरा गु्रपका सबै उत्पादन उपभोक्तामुखी हुने गरेको दाबी गर्दै गुणस्तर कायम गर्न सकेकैले उपभोक्तामाझ स्थापित भइरहेको बताए । आगामी दिनमा पनि गुणस्तरमा थप सुधार गरेर उत्पादनलाई निरन्तरता दिइने उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.