नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड : १८ जनाको मृत्यु, २५ घाइते

नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड : १८ जनाको मृत्यु, २५ घाइते
सुन्नुहोस्

नयाँ दिल्ली : शनिबार राति करिब साढे ९ बजेतिर नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा परी १८ जनाको मृत्यु भएको  जनाइएको छ। जसमध्ये १४ महिला र ३ बालबालिका छन्। 

उक्त घटनामा २५ भन्दा बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुमा उल्लेख छ।  

दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो। महाकुम्भमा सामेल हुन जाने मान्छेको दिउँसो ४ बजेदेखि नै स्टेशनमा भीड जम्मा हुन थालेको थियो। राति करिब ८:३० बजे प्रयागराज जाने ३ वटा रेल ढिलो भयो। यसले भीड झन बढ्यो र भागदौड मच्चियो।

सुरुमा उत्तरी रेलवेका सीपीआरओ (प्रमुख जनसम्पर्क अधिकारी) ले भागदौड भएको कुरालाई अस्वीकार गरेका थिए। उनले यो केवल हल्ला मात्र भएको बताएका थिए।

तर दिल्लीका उपराज्यपाल वीके सक्सेनाले ट्वीट गर्दै मृत्युप्रति समवेदना व्यक्त गरेका छन्। त्यसको २० मिनेट पछि,लोक नायक जय प्रकाश अस्पतालले १५ जनाको मृत्यु भएको पुष्टि गर्‍यो। 

प्रत्यक्षदर्शीहरूका अनुसार स्टेशनमा धेरै भीड थियो। खुट्टा राख्ने ठाउँ पनि थिएन। रेल मानिसहरूले खचाखच भरिएको थियो। प्रहरीले मानिसहरूलाई  आफ्नो ज्यान बचाउन चाहने भए फर्कन अनुरोध गरिरहेका थिए। 

यसअघि जनवरी २९ मा प्रयागराजको महाकुम्भमा भागदौडमा परी ३० जनाको मृत्यु भएको थियो।  फेब्रुअरी १०, २०१३ मा कुम्भमेलाकै समयमा प्रयागराज स्टेशनमा भागदौड मच्चिंदा ३६ जनाको मृत्यु भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.