दैलोमा आएको अधिकार फर्काउने षडयन्त्र : मन्त्री आङ्बो

दैलोमा आएको अधिकार फर्काउने षडयन्त्र : मन्त्री आङ्बो

विराटनगर : प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले हिजो जनताको बलिदानबाट घर दैलोमा ल्याएको अधिकार पहिलेकै ठाउँमा फर्काउने प्रयत्न भइरहेको बताएका छन् । 

उनले यदि यसो भएमा प्रदेश सरकार सहेर नबस्ने बताएका छन् । ‘हिजो बलिदान गरेर ल्याएको अधिकार विभिन्न बहानामा फेरि उतै फर्काउने कुरा हामीलाई मान्य छैन’, उनले भने । 

आइतवार तेह्रथुमको छथर शुक्रबारेमा रत्नदेवी युवा समाजले गरेको स्थानीय तहस्तरीय प्रथम छथर गाउँपालिका रनिङ्ग भलिबल प्रतियोगिता आइतबार उद्घाटन गर्दै मन्त्री आङ्बोले जनताको बलिदानबाट प्राप्त संघीयताको विरोध गर्ने र जनतालाई प्रत्यक्ष सेवा दिने कामो विरोध गर्नेहरु प्रदेश सरकार असफल पार्न सल्बलाएको दाबी गरे । 

‘तर, हामी आफ्नो कर्तव्य र जिम्मेवारीमा अटल छौं’, उनले भने, ‘जनताको बलिदानबाट आएको संघीयताको कार्यभार पूरा गरेरै छाड्ने छौं ।’

मन्त्री आङ्बोले बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गरी विदेश पलायन हुनबाट रोके मात्र आर्थिक समृद्धि हाँसिल हुने पनि बताए । करको कुरा उठाएर संघीयतामाथि आक्रमण गर्न लागेकाले सचेत रहन उनले आग्रह गरेका छन् ।

सरकारलाई काम गर्न नदिन विभिन्न बहानामा बखेडा झिक्नेहरु समृद्धिका बाधक भएको आरोप लगाउँदै मन्त्री आङ्बोले भने,‘कुनै पनि बहानामा समृद्धिको यात्रा रोक्न खोज्नेहरुसंग सरकारले सम्झौता गर्दैन ।’

मन्त्री आङ्बोले नेपाली राजनीतिले फाटो ल्याएको नेपाली समाजलाई जोड्नको लागि खेलकुद नै मुख्य विकल्प भएको पनि बताए । सांस्कृतिक विविधता र खेलकुद प्रति नेपालीले चासो राख्नु नै नेपालीको विशेषता र राष्ट्रिय एकताको आधार भएकोमा जोड दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.