विदेशी लगानीका उद्योगमा सरकारको निगरानी

विदेशी लगानीका उद्योगमा सरकारको निगरानी

 काठमाडौं  : उद्योग धन्दा गर्ने उद्देश्य भएका विदेशी लगानीका कम्पनीले धर्मप्रचार गरिरहेका त छैनन् ? यही आशंकामा सरकारले त्यस्ता उद्योग र कम्पनीहरूप्रति निगरानी बढाएको छ ।

विदेशी लगानीमा सञ्चालित कतिपय कम्पनीले उद्देश्यअनुसार काम नगरेको र व्यापारिक प्रवेशाज्ञा (भिसा) लिएर इसाई धर्म प्रचार गरेको भेटिएपछि सरकार त्यस्ता उद्योग र तिनका संचालकप्रति कडाइ गर्ने भएको छ ।

गृह मन्त्रालयले गत असार दोस्रो साता व्यवसायिक प्रवेशाज्ञा (बिजनेस भिसा) को आडमा चर्च चलाएर धर्म प्रचारमा संलग्न एक फिलिपिनी दम्पत्तीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन (डिपोर्ट) गरेको थियो ।

व्यापारिक भिसा लिएर इसाई धर्म प्रचारमा संलग्न भएको पुष्टि भएपछि उद्योग मन्त्रालयले थप उद्योगमा व्यापारिक भिसामा बसेका विदेशीको गतिविधिमा निगरानी बढाएको छ । ललितपुरको पुल्चोकमा रेस्टुरेन्ट चलाएर बसेका फिलिपिनी दम्पत्तीले कुमारीपाटीको ‘इभर नेसन चर्च’ मा पादरी भई इसाई धर्म प्रचार गरेको अभियोगमा अध्यागमन विभागले छानबिन थालेको थियो ।

छानबिनका क्रममा उनीहरूले व्यवसायिक भिसाको आडमा चर्चमार्फत् इसाई धर्म प्रचार गरेको फेला परेपछि अध्यागमन विभागले एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै निष्कासन गरेको थियो ।

उद्योग विभागले त्यस्ता शंकास्पद गतिविधि गर्ने आधा दर्जन विदेशी लगानीमा सञ्चालित उद्योग र सञ्चालकहरूको गोप्य विवरण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएको स्रोतले बताएको छ । विभागका एक कर्मचारीका अनुसार, उद्योग मन्त्री मातृका यादवले त्यस्ता गतिविधिमा संलग्न विदेशीको थप विवरण समेत उपलब्ध गराउन उद्योग विभागलाई निर्देशन दिएका छन् ।

मन्त्रालयले विभागलाई यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा संस्थाको विवरण संकलन गरी कारवाहीका लागि उद्योग मन्त्री अध्यक्ष हुने औद्योगिक प्रवद्र्धन बोर्डमा कारवाही प्रस्ताव पेश गर्न लिखित निर्देशन दिएको छ । तर विभागले प्रस्ताव पेश गर्न आलटाल गरिरहेको स्रोतले बतायो ।

उद्योग मन्त्रालयका एक कर्मचारीले भने, ‘प्रस्ताव आउनासाथ कारवाहीमा जान्छौं ।’ उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री यादवले विदेशी लगानीमा सञ्चलित कतिपय उद्योग धर्मप्रचारमा संलग्न भएको सूचना प्राप्त भएको र त्यसबारे छानबिन भइरहेको बताए ।

मन्त्री यादवले अन्नपूर्णसँग भने, ‘विदेशीले जुन प्रयोजनका लागि लगानी गरेर उद्योग खोलेका छन, उनीहरू त्यो काममा मात्र सीमित हुनु पर्‍यो । बाँकी काम त राज्यको लागि सैह्य हुँदैन ।’ नेपालमा अमेरिका, फिलिपिन्स, इन्डोनेसिया, जापान, दक्षिण कोरियालगायतका नागरिकहरूले संचालन गर्दै आएका उद्योगले समानान्तर चर्च समेत सञ्चालन गर्दै आएको स्रोतले बतायो ।

त्यसरी उद्योग खोलेर नेपालमा व्यापार गर्दै आएका विदेशीले विभिन्न च्यारिटी÷ट्रस्टबाट रकम ट्रान्सफर गरेको पाइएको छ । अधिकांश विदेशी उद्योगले ट्रस्टको पैसा प्रयोग गरेर उद्योग सञ्चालन गर्दै आएका छन् ।

उद्योग विभागले निरीक्षणमा म्युजिक टे«निङ सेन्टर, भाषा इन्स्टिच्युट, रेस्टुरेन्ट चलाउने अनुमति पाएका केही विदेशी नागरिकले प्रवेशाज्ञाको दुरूपयोग गर्दै इसाई धर्म प्रचार गरिरहेको पाइएको थियो ।

मन्त्रालयले विदेशी लगानीका कम्पनी÷उद्योगमाथि प्रत्येक ६ महिनामा निरीक्षण गर्न र आवश्यक परे जिल्ला प्रशासन, अध्यामगन वा गृह मन्त्रालयलाई सोझै पत्राचार गर्न यसअघि समेत दिर्नेशन दिएको थियो । त्यस्ता उद्योगका संचालकले सामान्य शैक्षिक र आर्थिक स्तर भएका व्यक्तिलाई धर्म परिवर्तन र इसाइ धर्मबारे प्रवचन दिँदै आएका छन् ।

संविधानले कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन नहुने र त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुने स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.