अपहृत बालिकालाई बचाइयो, अपहरणमा संलग्न एकजना पक्राउ

अपहृत बालिकालाई बचाइयो, अपहरणमा संलग्न एकजना पक्राउ

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–६ की चार वर्षीय बालिकालाई स्थानीयबासीले अपहरणकारीबाट छुटाउन सफल भएका छन् । सोमबार साँझ अपहरण गरेर लग्दै गरेको देखेपछि स्थानीय बासिन्दाले बालिकाको सकुशल उद्धार गरेर बचाएका हुन् ।

आँगनमा साथीहरुसँग खेल्दै गरेको अवस्थामा उर्लाबारी–६ का कमलकुमार घिमिरेकी छोरी कृतिकालाई एक युवाले साँझ ७ बजेतिर अपहरण गरेर लगेका थिए । तर स्थानीयले तत्काललै देखेपनि उनलाई बचाइएको हो ।

बालिकालाई जोगाएका स्थानीयले अपहरणमा संलग्न झापाको दमक नगरपालिका–८ घर बताउने ३० वर्षीय गोपाल कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।  

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले साथीसँग खेलिरहेको अवस्थामा बालिकालाई करिब दुई सय मिटर पर पुर्‍याएपछि उद्धार गरेका हुन् । 

स्थानीयबासिन्दाले कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको जानकारी दिए । आँगनमा भेला भएका अरु बालबालिकासँग खेल्दै गरेकी  बालिकााई  उनले उठाएर लगेको प्रहरीले जनाएको छ । 

बालिका उर्लाबारीकै नमुना मन्टेश्वरीमा नर्सरीमा पढ्छिन् । प्रहरीका अनुसार उनीसँगै सात÷आठ वर्ष उमेर समूहका अन्य चार÷पाँच जना बालबालिका पनि खेल्दै थिए । 

‘छोरीलाई उठाउनुअघि उनीसँग खेल्दै गरेका अरुलाई लैजान फकाउने कोशिश गरिएको रहेछ,’ बालिकाका बुवा कमलकुमारले भने, ‘उनीहरु अलि ठूला र कुरा बुझ्ने भएकाले अपहरणकारीले आफ्नो प्रभावमा पार्न नसकेको पाइयो ।’ 

चक्लेट र फलफुल किनिदिन्छु भनेर फकाएको भए पनि संगै खेल्दै गरेका अरुले नयाँ मान्छे भएकाले नमानेपछि अन्तिममा छोरीलाई नै उठाएर लगेको उनले बताए । 

‘सुरुमा फकाएर ठूला उमेर भएकालाई लैजान खोजेको पाइयो,’ उनले भने, ‘कसैले नमानेपछि कुरा बुझ्न नसक्ने अवस्थाकी सानी नानीलाई उठाएर लगेछ ।’ घिमिरेले चकलेट र फलफुल किनिदिन्छु भनेपछि त्यसमा लोभिएका कारण छोरीले रुने कराउने केही पनि नगरेको बताउँदै भने, ‘धन्न बेलैमा थाहा पाइयो । नभए कहाँ पुर्‍याएर के गर्ने थिए ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.