त्रिशूली नदीमा नुहाउन गएका वृद्ध बेपत्ता

त्रिशूली नदीमा नुहाउन गएका वृद्ध बेपत्ता

धादिङ : त्रिशुली नदीमा नुहाउन गएका एक वृद्ध बेपत्ता भएका छन्। धादिङको सिद्धलेक गाउँपालिका-६ स्थित त्रिशुली नदी किनारमा नुहाउनका लागि गएका नेत्रावती डापजोङ गाउँपालिका-१ मार्पाकका ७० वर्षीय तेजबहादुर अधिकारी बेपत्ता भएका हुन्।

आइतबारदेखि हराइरहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ। आइतबार बिहान काठमाडौंबाट धादिङ आउँदै गरेका अधिकारी बेलुकासम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले खोजी गर्ने क्रममा त्रिशुली नदी किनारमा अधिकारीको कपडा भेटिएको थियो। उनको खोजिका लागि सोमबार दिनभर गजुरी, आदमघाटका प्रहरी, आफन्तजनको टोली खटिए पनि नभेटिएको प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

आइतबार जनैपूर्णिमाको दिन मन्दिर जान्छु भनि हिँडेका अधिकारी धादिङको माइक्रोबस चढेर काठमाडौंबाट आएका थिए। मलेखुमा माइक्रोबसबाट झरेका अधिकारी नुहाउन नदीमा गएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.