घरमै सुुत्केरी गराउँदा महिलाको मृत्युु
नेपालगन्ज : नेपालगन्ज उपमहानगर–२१ पुुरैना क्षेत्रबाट गत वर्ष झन्डै डेढ सय जना सुुत्केरी भएकोमा ५७ जनाले घरमै बच्चा जन्माए । साबिक पुुरैना गाविसको पुुरैना स्वास्थ्य चौकीदेखि भेरी अञ्चल अस्पतालको दुुरी मुुस्किलले चार/पाँच किलो मिटर पर्छ । चौकीले बर्थिङ सेन्टरका लागि भवन बनाएको छ तर बाटोको अभावमा सन्चालन गर्न सकेको छैन ।
‘हामी भेरी अञ्चल अस्पतालमा रेफर गर्छौं । अस्पताल जानुुको साटो स्थानीय घरमै बच्चा जन्माउँछन्’, स्वास्थ्य चौकी इन्चार्ज मञ्जुु कुुसवाह भन्छिन्, ‘आफ्नै टोलमा बर्थिङ सेन्टर प्रयोग हुुँदा सबैलाई दक्ष प्रसुुतीकर्मीबाट सुुत्केरी गराउन सकिन्थ्यो ।’ यो समस्या मधेसी समुुदायमा बढी देखिएको उनले बताइन् ।
नेपालगन्ज उपमहानगरपालिकामा रहेका ११ वटा स्वास्थ्य चौकीमध्ये मनिकापुुर, पुुरैनी, उदयपुुर र जैसपुुरमा मात्र बर्थिङ सेन्टर छ । उपमहानगरका नगर स्वास्थ्य केन्द्र सात वटा छन् । तिनमा पनि बर्थिङ सेवा छैन । भवनीयापुुरमा भने बर्थिङ सेन्टर भए पनि दक्ष प्रसुुतीकर्मीको अभावमा सन्चालन हुुन नसकेको उप–महानगरको स्वास्थ्य शाखा सह–संयोजक हरिहर तिवारी बताउँछन् । उनी भन्छन्, ‘नगरभित्रै भेरी अञ्चल अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल (नर्सिङ होम) भएकाले यी नै हाम्रा बर्थिङ सेन्टर जस्तै हुुन् । जनस्वास्थ्य कार्यालयले बर्थिङ सेन्टर बनाउन प्राथमिकता नदिएको हो । त्यहीबाट सेवा लिइरहेका छन् ।’
युुनेस्को बाँकेका नवजात शिशुु तथा बाल स्वास्थ्य कार्यक्रम अधिकृत रोशन थापा नगरभित्रै बर्थिङ सेन्टर नहुुँदा सर्वसाधारण घरमै प्रसुुती गराउन बाध्य भएको बताउँछन् । बर्थिङ सेन्टरका लागि युुनेस्कोले सहयोग पनि गर्छ । सेवा पाए नपाएको बारे जिल्ला जनस्वास्थ्य कार्यालयसमेत सम्मिलित टोलीले अनुुगमन पनि गर्छ । ‘नगरभित्रै कूल प्रसुुतीको चार भागमध्ये एक चौथाइले घरघरमै प्रसुुती गराउँछन् । भेरी अञ्चल अस्पतालमा चाप भएर पनि कतिले बाध्य भएर पनि घरमै बच्चा जन्माउने गरेका छन्’, थापाले अवलोकनको अनुुभव सुुनाए ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य सह–संयोजक तिवारी भने घरमा सुुत्केरी गराउने न्यून भएको दाबी गर्छन् । उनका अनुुसार गत वर्ष तीन हजार ६ सय ४६ जनाले प्रसुुती सेवा लिएकोमा १५ जनाले मात्र घरमै बच्चा जन्माए । पुुरैना स्वास्थ्य चौकी इन्चार्ज एचए कुुसवाह ‘घरमै प्रसुुती गराउने महिलाले’अनमी वा मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीलाई डाक्ने भएकाले संख्या कम देखिएको हुुनसक्ने बताउँछिन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुुसार आर्थिक वर्ष ०७४/७५ मा १२ जना प्रसुुतीमा रहेका महिलाले ज्यान गुुमाए । तीमध्ये ८ जनाको त प्रसुुतीकै क्रममा मृत्युु भयो । तीन जनाको गर्भवती अवस्थामै ज्यान गएको थियो । स्थानीय तहगत रुपमा हेर्दा मृत्युु हुुनेको दोस्रो सूचीमा सुुविधा सम्पन्न अस्पताल भएको नेपालगन्ज उपमहानगरको बुुलबुुलिया र मनिकापुुर क्षेत्रका दुुई जना महिला छन् । सर्वाधिक मृत्युु भने जानकी गाउँपालिकाबाट तीन जना रहेका छन् । बैजनाथ गाउँपालिकालगायतका महिला पनि छन् ।
‘स्वास्थ्य संस्थाले रेफर गरेर भेरी अञ्चल अस्पताल पठाए पनि भागेर गाउँमै सुुत्केरी गराउनेहरुको मृत्युु भएको छ’, जानकी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुुख गीरबहादुुर गुुरुङ भन्छन्, ‘एक सय जना प्रसुुती गराउन आउनेमध्ये १५ प्रतिशतमा जटिल समस्या देखेपछि रेफर हुुन्छ तर उनीहरु अस्पतालबाट भागेर आउँछन् र ज्यान गुुमाउँछन् ।’
गत वर्ष जानकी गाउँपालिकामा रहेको गनापुुर स्वास्थ्य चौकीमा प्रसुुती सेवा लिन गएकी एक ४० वर्षीया महिलालाई स्वास्थ्यकर्मीले गर्भवती जाँच गर्दा जोखिमपूर्ण भएको भन्दै भेरी अञ्चल अस्पतालमा रेफर गरिदिए । उनमा रक्त अल्पता र ढाडको टिबी रोग पनि थियो । अस्पतालमा प्रसुुती गराउन छोडेर उनी भागेर गाउँ फर्किन् । अन्तिम अवस्थामा फेरि स्वास्थ्य चौकी गइन् । त्यही उनको ज्यान गयो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स सरिता चन्द भन्छिन्, ‘अस्पतालबाट फर्केर स्वास्थ्य चौकीमा सलाइन चढाउँदा चढाउँदै उनको मृत्युु भयो ।’
गत साउनमा पनि जानकी गाउँपालिको बेलभारकी अर्की एक महिलाको पनि अस्पतालबाट फर्केर घर आइ अन्तिम अवस्थामा स्वास्थ्य चौकी पुुग्ने क्रममा ज्यान गएको थियो ।
यी घटनाक्रमले पनि जिल्लामा सुुरक्षित प्रसुुतीबारे जनचेतनाको अभाव देखिन्छ । सरकारले गर्भ रहेको दुुई, चार, आठ र अन्तिम पटक गरी चार पटक गर्भवती जाँच गर्न अनिवार्य गरेको छ । यसरी नियमित गर्भ जाँच गराउने महिलाले चार सय रुपैयाँ भत्ता पनि पाउँछन् तर जिल्लामा आधाभन्दा बढी गर्भवती महिलाले नियमित नियमित गर्भको चेक जाँच नै गर्दैनन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयको आर्थिक वर्ष ०७४/०७५ को रेकर्डमा १२ हजार ९ सय ४५ महिलाले पहिलो पटक गर्भ जाँच गराएको देखिन्छ । नियम अनुुसार चार पटक गर्भजाँच गराउने महिलाको संख्या झन्डै आधा मात्र ६ हजार तीन सय ८२ मात्र रहेको छ । चौथो तथा अन्तिम पटक गर्भ जाँच गराउनेको संख्या भने आठ हजार सात सय पचहत्तर रहेको थियो । यो तथ्याङ्कले पनि महिलालाई आफ्नो गर्भ नियमित जाँच गराउनुु पर्ने र सुुरक्षित सुुत्केरीबारे चेतनाको अभाव रहेको प्रष्ट हुुन्छ ।