बर्खामा चल्दैन ग्रामीण सडक

बर्खामा चल्दैन ग्रामीण सडक

प्यूठान : अविरल वर्षासँगै जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका छन् । गाउँगाउँमा अव्यवस्थित रुपमा डोजरले खनेकाले सामान्य बर्षातले समेत सडक ठप्प हुने गरेका छन् । बाटो बिग्रिएपछि यातायातका साधन गन्तव्यमा नपुग्दै बीचमै रोकिन बाध्य हुने गरेका छन् । यात्रु घण्टौं पैदल हिडेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ । धेरैजसो दुर्गमका नागरीकले सास्ती पाएका हुन् ।

मुख्य बजारबाट गाउँसम्म पुग्ने सडक विग्रिएर बस, जिप पुग्न नसकेको स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति विजुवार प्यूठानका महासचिव चन्द्रमान श्रेष्ठले जानकारी दिए । ‘धेरैजसो भित्री सडक ठप्प भएका छन्’, उनले भने, ‘बर्खामा गाडी चलाउन सकिदैन् ।’ सिमिसिम पानी पर्दा पनि सडक अवरुद्ध हुने गरेको उनको भनाइ छ ।

बर्खाको बेला जिल्लाको दुर्गम गाउँ रजवारा, पूँजा, लिवाङ टिमुरचौरमा सवारी पुग्न सक्दैन । गौमुखी गाउँपालिका केन्द्र ठूलावेसी बजारमै जिप, बस राख्नु परेको श्रेष्ठले बताए । मरन्ठानाहुँदै चुँजा सोल्हाल्ना, चुँजाठाटीबाट विजुली र बडडाँडादेखि हंसपुरको सडक विग्रिएर ठप्प भएको स्थानीय यातायात व्यवसायीले बताए । ‘रजवारातिर जिप लैजान नसकेको धेरै साता भइसक्यो’, जिप चालक विजुवारका सुरेश श्रेष्ठले भने, ‘खोला र पहिरोले सडक अवरुद्ध छ ।’

बर्खामा यातायात व्यवसायीलाई धेरै समस्या हुने उनको भनाइ छ । रजवाराबाट गाउँपालिका केन्द्र ठूलावेसी बजार झर्न झण्डै तीन घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ । सडकअवरुद्ध भएपछि स्थानीयले दैनिक उपभोग्य सामग्री समेत बोकेरै घरसम्म पु¥याउन बाध्य छन् ।

सडक अवरुद्ध भएका अन्य गाउँमा पनि उस्तै बाध्यता छ । अवरुद्ध सडक खुलाउन यसअघि जिल्ला विकास समितिमा नेताको भनसुन गर्नुपर्ने बाध्यता थियो । तर, जनप्रतिनिधी आएर करोडौंको बजेट गाउँमै पुग्दा पनि नागरीकले विकास निर्माणमा सहजता पाउन सकेका छैनन् । सडक निर्माण र मर्मत गर्न सहजै बजेट विनियोजन गर्न सकिने अवस्था रहे पनि आफन्त र इष्टमित्रकै पेरीफेरीमा स्थानीय सरकारको बजेट घुमिरहेको छ ।

गाउँगाउँमा स्थानीय सरकार गठन भएसँगै अव्यवस्थित सडक सञ्जाल निर्माण गर्ने लहर नै चल्यो । डोजर चालक नै प्राविधिक बनेर खनिएका धेरैजसो सडक ठप्प हुने गरेको यातायात व्यवसायीको भनाइ छ । स्थानीय सरकारले गत आर्थिक वर्षमा निर्माण गरेका अधिकांश सडक बर्खा सुरु भएसँगै रोकिएका छन् । अघिल्लो आर्थिक वर्ष जिल्लामा करिव ३५ करोड २६ लाख रुपैयाँ खर्च गरेर सडक निर्माण भए । जनप्रतिनिधि आफैं ठेकेदार र प्राविधिक बनेर धमाधम खनिएका सडकमा कुनै मापदण्ड तोकिएको छैन् ।

साँघुरा, घुम्ती नपुग्ने र नालीविनाका सडकले सास्ती दिने गरेका छन् । बर्खा नसकिँदासम्म सडक खुलाउन सम्भव नहुने जनप्रतिनिधीले बताएका छन् । केही स्थानीय तहले आफैं डोजर खरिद गरेका छन् । सामान्य पहिरोलाई गाउँपालिकाकै डोजर प्रयोग गरेर सडक खुलाउन सकिने संभावना भएपनि यसतर्फ जनप्रतिनिधीको ध्यान गएको छैन । गतवर्ष कुल बजेटको धेरै हिस्सा स्थानीय तहले सडकमा विनियोजन गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.