अभियुक्त नसमातेपछि स्थानीय आन्दोलित

अभियुक्त नसमातेपछि स्थानीय आन्दोलित

धरान : किशोरी बलात्कारका अभियुक्त पक्राउ नपरेपछि सुनसरी धरानका स्थानीय आन्दोलित भएका छन्। भान्जी बलात्कारका अभियुक्त धरान उपमहानगरपालिका–५ का झमक बस्नेतलाई पक्राउ गरी कारबाही गर्नुपर्ने मागसहित स्थानीयले मंगलबार विरोध प्रदर्शन गरेका हुन्।

मदर इङ्लिस स्कुलका प्रिन्सिपलसमेत रहेका बस्नेतले धरान–५ की १७ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ। पीडित पक्षले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिए पनि बलात्कारी पक्राउ नगरेको भन्दै महिला सञ्जाल धरान र वाम विद्यार्थी संगठनको संयुक्त आयोजनामा स्थानीय विरोध प्रदर्शनमा उत्रिएका हुन्।

घरमा कोही पनि नभएका बेला दिदीका घरमा गएका बस्नेतले भान्जीलाई बलात्कार गरी फरार भएपछि पीडित परिवारले गत असार ८ गते प्रहरीमा किटानी जाहेरी दिएको थियो। तर, अझै प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले पब्लिक उच्च माविबाट निकालेको विरोध ¥याली छाता चोक, महेन्द्रपथ, कलेज रोड हुँदै भानु चोकमा आएर सभामा परिणत भएको थियो।

देशभर बलात्कारका घटना भइरहे पनि नियन्त्रण गर्न नसकेको र बलात्कारमा संलग्न दोषीलाई पक्राउ गर्न नसकेको भन्दै धरानवासीले सरकारको आलोचना गरेका छन्। सभामा बोल्ने अधिकांशले बस्नेतलाई पक्राउ नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। नेकपा नेता अइन्द्रविक्रम बेघाले बलात्कार घटनामा संलग्न दोषीलाई सरकारले पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाए। बलात्कारजस्तो जघन्य अपराधका दोषी जो भए पनि कानुनी कारबाही गर्नुपर्ने माग उनले गरे। कांग्रेस धरानका सभापति तिलक राईले धरानका अभियुक्त बस्नेत पक्राउ नपर्नुमा प्रहरीको भूमिका राम्रो नभएको आरोप लगाए। तत्कालीन एमालेका नेताको दबाबका कारण प्रहरीले दोषीलाई पक्राउ नगरेको आरोपसमेत उनले लगाए।

महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले अभियुक्त बस्नेतसहित कञ्चनपुरका निर्मला पन्तको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउनुपर्ने माग गरिन्। महिला हिंसा र बलात्कारजस्तो जघन्य अपराधमा संलग्न दोषीलाई प्रहरीले समयमा पक्राउ नगर्दा फरार हुने गरेको उनको भनाइ थियो। विद्यार्थी नेता खेम रणपहेलीले विद्यालयमा विद्यार्थी शिक्षकबाटै बलात्कृत हुने र विद्यालयबाट घर फर्किंदा असुरक्षित हुने गरेको बताए। भने, ‘सरकारले भरपर्दो सुरक्षा व्यवस्था गर्नुपर्छ।’

इलाका प्रहरी धरानका डीएसपी सुमनकुमार तिम्सिनाले बस्नेत फरार रहेकाले पक्राउ गर्न देशभर प्रहरी परिचालन गरिएको सुनाए।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.