बिमस्टेक मन्त्रीस्तरीय बैठक : कार्यसूची, समझदारीपत्र र घोषणापत्रको मस्यौदा टुंग्याइने

बिमस्टेक मन्त्रीस्तरीय बैठक : कार्यसूची, समझदारीपत्र र घोषणापत्रको मस्यौदा टुंग्याइने

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को १६औँ मन्त्रीस्तरीय बैठक सुरु भएको छ।  बैठकको अध्यक्षता बिमस्टेक शिखर सम्मेलन आयोजक नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन्।

ज्ञवालीले सदस्य देशका आफ्ना समकक्षीको स्वागतमा उद्घाटन मन्तव्य व्यक्त गर्दै बिमस्टेक क्षेत्रको सामाजिक–आर्थिक रुपान्तरण सङ्गठनको अबको कार्यसूची हुनुपर्ने बताए।

व्यापार र लगानीबाटै आर्थिक–सामाजिक रुपान्तरण हुने यथार्थ औँल्याउँदै त्यसनिम्ति रेल, सडक, हवाईमार्ग र ‘अप्टिकल फाइबर’का माध्यमबाट सम्पर्क विस्तार, ऊर्जाको र प्रविधिको अधिक उपयोगबाट मात्र सम्भव हुने बताए।

क्षेत्रीय समृद्धि र विकासका लागि सदस्य देशबीच सघन सहयोग, सहकार्य र साझेदारी हुनुपर्छ भन्दै उनले सहयोगका प्राथमिकताका क्षेत्र पनि निर्धारण गर्नुपर्नेमा जोड दिए।

सम्पर्क विस्तार, व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता आर्थिक उन्नयनका मुख्य क्षेत्रमा सङ्गठनका सहायताका क्षेत्र केन्द्रित हुनुपर्ने अभिमत मन्त्री ज्ञवालीले प्रकट गरे। विकासका अथाह सम्भावना भएको बिमस्टेक क्षेत्रलाई शान्त, समृद्ध र दिगो विकासतर्फ उन्मुख गराउन सामूहिक प्रयास हुनुपर्ने उनले बताए।

बैठकमा बिमस्टेकका महासचिवको प्रतिवेदन, बिहीबारदेखि सुरु हुने शिखर सम्मेलनको तयारी, मङ्गलबार सम्पन्न बिमस्टेकका वरिष्ठ पदाधिकारीको १९ औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन्। बिमस्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण आजैको बैठकमा हुनेछ।  

बैठकमा बङ्गलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भिके सिंहले गरेका छन्।

यसैगरी म्यान्मारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डलले बैठकमा भाग लिएको छ।

बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गरेका छन्।

सबै फोटो : प्रदीपराज वन्त/रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.