पत्नीपीडित पुरुषहरु सम्बन्ध बिच्छेद गर्न धमाधम अदालतमा

पत्नीपीडित पुरुषहरु सम्बन्ध बिच्छेद गर्न धमाधम अदालतमा

हेटौंडा : गत साउनसम्म जिल्ला अदालत मकवानपुर परिसरमा सम्बन्ध बिच्छेदको फाइल लिएर महिलामात्र पुग्ने गर्थे । तर, भदौ एक गतेपछिको तथ्याङ्कमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्नेमा महिला भन्दा पुरुष धेरै देखिएका छन् । 

दर्ता भएका सम्बन्ध बिच्छेदको ११ मध्ये सातवटा मुद्दा पुरुषले दर्ता गराएको अदालतका निमित्त श्रेस्तेदार निलहरि ढुङ्गेलले बताए । यस अवधिमा ३४ मुद्दा दर्ता भएको उनले जानकारी दिए । 

भदौ एक गतेबाट लागू भएको नयाँ मुलुकी देवानी (संहिता) २०७४ ले पुरुषलाई पनि सम्बन्ध विच्छेदको मुद्दा सिधै अदालतमा दर्ता गराउन अधिकार दिएपछि धमाधम पत्नीपीडित पुरुषहरु सम्बन्ध बिच्छेदका लागि अदालत धाउन थालेका हुन् । 

यसअघि पुरुषले स्थानीय तहमा मिलापत्र हुन नसके स्थानीय तहको सिफारिसमामात्र अदालतमा मुद्दा दर्ता गर्न पाउने प्रावधान रहेको थियो । पत्नीसँग सम्बन्ध बिच्छेदका लागि पतिले मुद्दा दायर गरे पनि अदालतले मेलमिलापका लागि एक वर्षको समय तोेक्ने व्यवस्था रहेको निमित्त श्रेस्तेदार ढुङ्गेलले बताए । 

जिल्ला अदालत मकवानपुरको तथ्याङ्क अनुसार सम्बन्ध बिच्छेद गरी अलग भएर बस्न चहाने श्रीमान् श्रीमतीहरुको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७५÷०७६ को साउनदेखि हालसम्म जिल्ला अदालतमा ५२ वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको छ । 

गत आर्थिक वर्ष २०७४/७५ मा चार सय १३ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको अदालतको तथ्याङ्क छ । जसमध्ये दुई सय ९१ वटा मुद्दा फछ्र्यौट भईसकेको छ । जिल्ला अदालतमा आर्थिक वर्ष ०७३/०७४ मा एक हजार चार सय ७७ वटा मुद्दा दर्ता भएकोमा दुई सय ९९ वटा सम्बन्ध बिच्छेदको मुद्दा परेको थियो । 

‘वर्षेनि सम्बन्ध बिच्छेदको मुद्दा बढ्दै गएको छ’, पुनरावेदन बार एशोसियसनका पूर्व अध्यक्ष तथा अधिवक्ता मदन दाहालले भने, ‘पहिला पहिला जे जस्तो भएपनि सहेर बस्ने गरेको थियो । तर आजभोली सामान्य कुरामा बेमेल हुँदा पनि सम्बन्ध बिच्छेदको मुद्दा लिएर आउने गरेको छ ।’

अदालतमा पत्नीसँग सम्बन्ध बिच्छेद गर्न आउने पतिहरुले आफूलाई बेवास्ता गरेको, अनावश्यक शंका गरेको, सम्पर्क बिहिन भएको, विदेशबाट फर्कँदा आफ्नो सबै पैसा सकेको जस्ता कारण देखाएर मुद्दा दर्ता गर्ने गरेको जिल्ला बार एशोसियसनका उपाध्यक्ष ऋषि केवीले बताए । 

नयाँ देवानी संहितामा पत्नीले तीन वर्षदेखि सम्पर्क नगरी अगल बसेमा, मानसिक तनाव दिनुका साथै अंगभंग हुने गरी पत्नीले कुटपिट गरेमा, खान लाउन नदिएर  घरबाट निकाला गरेमा र अन्य पुरुषसँग यौनसम्बन्ध राखेमा पतिले सम्बन्ध बिच्छेद गरी अलग बस्न सक्नेछन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.