बेहोस हुने समस्या उस्तै

बेहोस हुने समस्या उस्तै

प्यूठान : कक्षा कोठामै विद्यार्थी बेहोस हुने समस्या अझै समाधान भएको छैन । गत असार ५ गते कक्षा कोठामै विद्यार्थी बेहोस हुने, रुने, कराउने गरेपछि अमृत जीवन माध्यमिक विद्यालय केही दिन बन्द गरिएको थियो । दुई महिना बित्दा समेत विद्यार्थीमा देखिएको समस्या समाधान हुन सकेको छैन । गौमुखी गाउँपालिका–७ नारीकोट पिपलरुखास्थित अमृत जीवन मावीका विद्यार्थीमा देखिएको समस्या जस्ताको तस्तै छ । कक्षाकोठामै विद्यार्थी ढल्न थालेपछि पढाई प्रभावित भएको हो ।

शुरुमा ४७ जना विद्यार्थीमा यस्तो समस्या देखिएको थियो । विस्तारै केहीलाई ठिक भए पनि पाँच÷सात जनालाई अझै निको हुन सकेको छैन् । हालै अभिभावक, शिक्षक र जनप्रतिनिधीसहितको वैठकले भुतप्रेतको शंका गरेको छ । ‘स्वास्थ्यकर्मीको टोली आएर जाँच गरे’, प्रधानाध्यापक रामचन्द्र गिरीले भने, ‘स्वास्थ्यकर्मीले कन्भर्सन डिसअर्डर भएको बताएका थिए । तर, पूर्ण रुपमा निको भएन ।’

सामूहिक रुपमा विद्यार्थीलाई जाँच गर्दा समस्या अझ बढ्नसक्ने स्वास्थ्यकर्मीले सुझाव दिएको उनले सुनाए । ‘धामी झाक्रीको पनि विश्वास गर्नुपर्ने अवस्था आयो’, गिरी भन्छन्, ‘चिसावाङको कुटीचौरमा हात हेराउने महिलालाई लिएर विद्यालयमा चारकिल्ला लगाउने निर्णय भएको छ ।’ आइतवार र मंगलवार विद्यार्थीलाई यस्तो समस्या अझ बढी देखिने गरेको छ । ‘जसो गरे पनि छोरीलाई निको भएन’, अभिभावक मैतबहादुर सुनारले भने, ‘अरु विद्यालयमा लगेर निको हुन्छ की भनेर पठायौं तर भएन ।’ दिनरात छोरीको चिन्ताले सताइरहेको उनको दुःखेसो गरे ।

विद्यालयमा आएर उनले छोरीलाई धेरै पटक सम्झाएका छन् । छोरीलाई टाउको दुख्ने, ज्वरो आउने, पखाला लाग्ने कुनै समस्या नभएको उनको भनाइ छ । एकोहोरो रुने, कराउने, काप्ने, हल्लिने, पेट दुख्ने, छटपटिने, मुटु दुख्नेजस्ता समस्या विद्यार्थीमा देखिएको छ । उनीहरु दैनिक दुई÷तीन घण्टा कक्षाकोठामा बस्नै सक्दैनन् ।

विद्यार्थीलाई निको हुने आशामा महिनौ वितेपछि विद्यालय हात हेराउन र चारकिल्ला लगाउन धामी बोलाउने निर्णयमा पुगेको हो । ‘अभिभावकको सल्लाहअनुसार भुतप्रेतको आशंकामा धेरैपटक पूजाआजा पनि ग¥यौं’, प्रधानाध्यापक गिरीले भने, ‘केही गरेपनि समस्या सुल्झिएन । झनै बल्झिदै गयो ।’ विद्यार्थीलाई समाल्न नसकेपछि अभिभावकलाई विद्यालयमा बोलाउने गरिएको उनले बताए । ६ देखि १६ वर्ष उमेर समूहका बालवालिकामा यस्तो समस्या देखिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.