बालिकादेखि वृद्धासम्म बलात्‍कृत : डेढ महिनामा १७ घटना, बालिका धेरै

बालिकादेखि वृद्धासम्म बलात्‍कृत :  डेढ महिनामा १७ घटना, बालिका धेरै

विराटनगर : मोरङको धनपालथान गाउँपालिका–४ की १३ वर्षीय बालिकालाई स्थानीय १९ वर्षीय भालु भनिने महेश चौधरीले भदौ ५ गते राति बलात्कार गरे । फकाइफुल्याई नजिकैको स्कुलमा लगेर चौधरीले रातको समय पारेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीले बताए । उनका अनुसार गर्मीमा शीतल खान जाने भनेपछि छिमेकी र चिनाजान भएका कारण विश्वास गरेर सँगै गएकी बालिकापछि बलत्कारको सिकार भएर फर्किन । चौधरीलाई पक्राउ गरेर प्रहरीले जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

बेलबारी नगरपालिका ५ की ७० वर्षीय वृद्धा रंगेली नगरपालिका २ स्थित छोरीको घर गएका बेला भदौ ९ गते बलात्कारबाट पीडित बन्नु प¥यो । नातामा सम्धी पर्ने रंगेली २ का ६० वर्षीय सुन्दरलाल उराउ झाँगडले उनलाई बलात्कार गरेको प्रहरीले बताए छ । छोरीको घरमा कोही नभएको मौका छोपेर झाँगडले वृद्धामाथि बलात्कार गरेको कार्कीले बताए ।

‘घटना भएका बेला वृद्धा घरमा एक्लै रहेकी थिइन् । नातामा सम्धी पर्ने व्यक्ति आएर कुराकानी गर्न थालेछन्,’ कार्कीले भने, ‘केही बेर गफ गरिसकेपछि मदिरा सेवन गरेर मातेका व्यक्तिले वृद्धामाथि जबर्जस्ती गरेको खुल्यो । बलात्कार गरेको कुरा लिएर पीडित परिवार प्रहरी कार्यालय आएपछि घटना थाहा भयो ।’ झाँगडलाई जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भईरहेको छ ।

धेरै बलात्कारका घटनामा आफन्त र चिनजानकै व्यक्तिको संलग्नता रहने गरेको प्रहरीले जनाएको छ । मोरङमा मात्रै आर्थिक वर्ष ०७५÷७६ को साउनयता १७ वटा बलात्कारका घटना भएका छन् । डेढ महिनाको अवधिमा भएका बलात्कारबाट २० जना पीडित बनेका छन् । पीडित बन्नेमा बालिकादेखि वृद्धासम्म छन् । बलात्कारको सिकार बन्नेमा सबैभन्दा बढी १६ वर्षमुनिका बालिका रहेका छन् । जसमा छ वर्षीय बालिका पनि रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाका अनुसार बलात्कारबाट पीडित भएका २० मध्ये १२ जना १६ वर्षमुनिका बालिका रहेका छन् । १६ वर्षदेखि ७० वर्षसम्मका आठ जना महिला पीडित भएका छन् ।

१७ वटा बलात्कारका घटनामा १८ जना पीडकमध्ये बुधबार सम्ममा १४ जना पक्राउ परका छन् । चार जना फरार छन् । ‘पछिल्लो समय मोरङमा बलात्कारका घटनामा बृद्धि हुँदै गइरहेको पाइएको छ,’ उनले भने, ‘छोटो अवधि (डेढ महिना) मा यति धेरै बलात्कारका घटना भएको मोरङमा पहिलो रेकर्ड हो ।’

अधिकांश घटनामा आफन्त, छिमेकी र चिनजानकै व्यक्तिहरूको संलग्नता रहने गरेको पाइएको छ । ‘सुनियोजित तरिकाले हुने गरेका घटनामा चिनजानका र छिमेकीको संलग्नता रहने गरेको पाइएको छ,’ थापाले भने, ‘कतिपय क्षणिक आवेगमा हुने घटनामा नातेदार संलग्न छन् ।’

बालिकादेखि वृद्धा समेत विकृत मानसिकता बोकेका आफन्त र नातागोताकाबाटै असुरक्षित हुने क्रम बढेर गएको बताउँदै प्रहरीले पीडित बनिरहेको वर्गले आफै सचेत हुनु पर्ने बेला आएको बताएको छ । ‘विश्वास गरिने आफन्तबाटै बलात्कृत हुनु आश्चर्यको कुरा हो,’ डीएसपी थापाले भने, ‘यसलाई अपराधिक मनोवृत्तिको उपजका रूपमा लिइएको छ ।’ संरक्षणमा रहने कतिपय बालिका संरक्षकबाटै बलात्कृत हुने गरेको र यस्ता घटना मादक पदार्थ सेवनपछि भएको पाइने गरेको छ ।

कतिपय अवस्थामा आफन्तले गरेको यौनजन्य क्रियाकलापमा चुपचाप बस्ने कारणले प्रहरीमा केही घटना ढिलो गरेर मात्रै आउने गरेका छन् । आफन्तलाई कारवाही हुने डर, यस्ता कुरा बाहिर ल्याउन नहुने सामाजिक मान्यता, इज्जत जाने डर एवं पीडत पक्षले दिने विभिन्न धाकधम्की आदी कारणले बलात्कार पीडितहरू खुल्न समेत नचाहने गरेको प्रहरीले जनाएको छ ।

बलात्कार जस्तो जघन्य अपराधका कतिपय घटनालाई मिलापत्रमा टुंग्याउने प्रयाससमेत हुने गरेको बताउँदै मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भने, ‘विभिन्न दवाब र प्रभावका कारण कतिपय घटनामा पीडित खुल्न चाहँदैनन् । प्रहरीले स्वविवेकले अनुसन्धान गरेर मुद्दा अघि बढाउनुपर्ने स्थिति पनि हुन्छ ।’ केसीले यस्ता घटनामा परिवारका सदस्य र आफन्तले ढाकछोप गर्दै पीडकलाई उन्मुक्ति दिलाउने खालका काम पनि गर्ने गरेको बताए ।

कतिपय अवस्थामा पीडितलाई समेत मुद्दा फिर्ता लिन बाध्य पार्ने गरिएको प्रहरीले जनाएको छ । उनले नाबालिका, किशोरी र महिलाविरुद्ध हुने यौन हिंसाविरुद्ध प्रहरी र समुदायको सहकार्यमा अभियान चलाइने बताए । बलात्कारका पीडकलाई उन्मुक्ति दिन नहुने र कानुनी कारवाहीको दायरामा ल्याउन सहयोग गर्नुपर्ने सन्देश अभियानमार्फत समुदायसम्म पु¥याइने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.