नेपाल कम्युनिष्ट पार्टीका मेची इञ्चार्ज सुमनसहित ११ पक्राउ

नेपाल कम्युनिष्ट पार्टीका मेची इञ्चार्ज सुमनसहित ११ पक्राउ

बिर्तामोड : प्रहरीले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची अञ्चल व्युरो इन्‍चार्ज तथा केन्द्रीय सदस्य सन्तोष पतंवा (सुमन) सहित ११ जनालाई पक्राउ गरेको छ। इलामको सूर्योदय नगरपालिकास्थित समालबुङ- ५ बाट प्रहरीले बुधबार ताप्लेजुङको खेजेनिम घरभएका सुमनसहित ११ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा इलाम, ताप्लेजुङ र झापाका नेता कार्यकर्ता रहेको प्रहरीले बताए पनि नाम भने सार्वजनिक गरेको छैन। अञ्चलस्तरीय भेलाको तयारी गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले बताए।

प्रहरीले उनीहरुलाई बिहीबार (आज) दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको बताएको छ। मेची अञ्चल ब्युरो इञ्चाज सुमन सँगै छजना केन्द्रीय सदस्य पक्राउ परिसकेको नेकपाले जनाएको छ । यसअघि देवनारायण शाह, दिपेश राई किरण राई, चन्द्रवहादुर खड्का र टेकबहादुर केसी पक्राउ परेको नेकपाको दाबी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.