हेटौंडामा एकैरात दुई स्थानमा चोरी, बैंकको ताला फोडियो

हेटौंडामा एकैरात दुई स्थानमा चोरी, बैंकको ताला फोडियो

हेटौडौ : बुधबार राति हेटौंडाको दुई स्थानमा चोरी भएको छ। भने एक बैंकमा ताला फोडी चोरीको प्रयास गरिएको छ। हेटौंडा-१० मा रहेको साथीको मनी टान्सफरबाट नगद नौं हजार एकसय ५० रुपैयाँसहित ९५ हजार पाँचसय रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए।

नगदसहित एनटिसीको ४९ हजार, एनसेलको ४४ हजार र डिसहोमको दुई हजार पाँचय रुपैयाँको रिचार्ज कार्ड चोरी भएको उनले जानकारी दिए। 

त्यस्तै हेटौंडा उपमहानगरपालिका- १ को कार्यालयमा चोरी भएको छ। कार्यालयको ताला फोडी ६० हजार ५० नगद चोरी भएको प्रहरी प्रवक्ता सिंहले बताए। एक नम्बर वडा अध्यक्ष सबिन न्यौपानेले कार्यालयको ताला फोडी राजश्व रकम ४० हजार ५० र वडा सचिवले राखेको २० हजार रुपैयाँ चोरी भएको बताए। अन्य काजगाजत भने छरपस्ट पारिएको अवस्थामा भेटिएको न्यौपानेले जानकारी दिए। 

हेटौंडा- १० स्थित टिसिएनरोडस्थित सीता भवनमा रहेको एसबिआई बैंकको सटरको ताला फोडिएको छ। बुधबार राति सटरको ताला फोडिए पनि रकम भने चोरी नभएको मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धि गुरुङले बताए। बैकको तीनवटा सटरको ताला फोडिएको पाइएको उनले बताए । तीनै स्थानमा भएको घटनाको अनुसन्धान भइरहेको एसपी गुरुङले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.