खोलाबाट पाँच ट्रयाक्टर नियन्त्रण
विराटनगर : मोरङको केरावारी गाउँपालिका ८ स्थित खदम खोला र केरावारी ३ स्थित हचुवा खोलाबाट प्रहरीले बिहीबार विहान पाँचवटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय केरावारीको संयुक्त टोलीले अवैध रुपमा ढुँगा र बालुवा निकाल्न खोलामा हालिएका ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीले को १ त ९९८२, को २ त ७११७, को १ त ४२६६, को १ त२०२३ र एउटा अनटेष्ट ट्रयाक्टरलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बताए । नियन्त्रणमा लिइएका ट्रयाक्टरलाई आवश्यक कारवाहीका लागि स्थानीय तहमा बुझाएको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक भने प्रहरीलाई देखेपछि फरार भएका छन् ।
प्रतिक्रिया दिनुहोस !
४