नेपाल-भारत सीमाक्षेत्रमा कडाइ

नेपाल-भारत सीमाक्षेत्रमा कडाइ

बिर्तामोड : नेपाल भारत सीमाक्षेत्रमा बढ्दै गएको तस्करीलाई रोक्न नेपाल र भारत तर्फबाट चेकजाँचलाई कडाई गरिने भएको छ। सीमा क्षेत्रमा कडाइ गर्नेबारे नेपाल र भारतका सुरक्षा निकायका पदाधिकारीको संयुक्त बैठक बसेको थियो।

बैठकले पछिल्लो समय झापासँग जोडिएको नेपाल भारत  सीमाक्षेत्रलाई प्रयोग गरी विभिन्न वस्तुको तस्करी बढ्नुको साथै, हातहतियार र लागूऔषधको कारोबार बढ्न थालेपछि कडाइ गर्ने निर्णय गरेको हो।

झापाको भद्रपुर सीमा क्षेत्रसँग जोडिएको बिहारको किसनगञ्ज जिल्लास्थित भातगाउँ ग्राम पञ्चायत (गलगलिया) मा रहेको सशस्त्र प्रहरी बल (एसएसबी) ४१ वटालियन क्याम्पमा बुधबार दुवै देशका सुरक्षा निकायका प्रमुखबीच सीमा सुरक्षाको विषयमा बैठक बसेको थियो। 

बैठकमा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै हुनसक्ने अपराधिक गतिविधि र चोरी तस्करीबारे   छलफल भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए।

बैठकमा भारतीय एसएबसीका एडीजी ज्योतिमर्य चक्रवती र आइजी श्रीकुमार बंधोपाध्यायको उपस्थिती रहेको थियो भने नेपालको तर्फबाट जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, सशस्त्र प्रहरी बल नेपाल झापा गण नम्बर २ का सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सु लगायत सुरक्षाकर्मीको उपस्थिति रहेको थियो। 

उक्त बैठकमा सीमा क्षेत्रमा बढ्दो अपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्न दुवै देशका प्रहरीको समन्वय जरुरी रहेको विषयमा छलफल गरिएको थियो। 'बैठकमा पछिल्लो समयमा सीमाक्षेत्रमा नक्‍कली नोटको बिगबिगी, हातहतियार नियन्त्रण, लागूऔषध रोकथाम, सीमा स्तम्भको सुरक्षा विषयमा सीमा क्षेत्रमा तैनाथ दुवै देशका प्रहरीले निगरानी बढाउनेमा सहमति भयो,' वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले भने। 

उनका अनुसार सवारीसाधन चेकजाँचको विषयमा भारतीय एसएसबीले आउँदो चाडपर्वलाई लक्षित गरी सीमा सुरक्षाको दृष्टिकोणले सवारीसाधनको आवश्यक काजगात हेर्न थालिएको एसएसबीले जानकारी समेत गराएका थिए।

यता पहिलो पटक गलगलिया आएका भारतीय एसएसबीका एडीजी ज्योतिमर्य चक्रवतीले रोटीबेटीको सम्बन्धलाई कायम राख्दै जनतालाई दुःख नदिने गरी सुरक्षा जाँच गर्न सीमामा तैनाथ भारतीय एसएसबीलाई निर्देशन दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.