‘न्याय नदिनेले सास कसरी देलान्’
लिबाङ : रोल्पा कोटगाउँकी ६२ वर्षीय मेघमाली बुुढामगरलाई युुद्धताका वेपत्ता पारिएको छोरा शान्ति प्रक्रिया सुुरुभएपछि घर फर्काइएला भन्ने आशा जागेको थियो । तर, शान्तिप्रक्रिया सुुरु भएको १४ वर्ष वित्दा पनि छोराको अत्तोपत्तो छैन । अहिले छोराको सास होईन न्याय पनि नपाईने हो कि भन्ने चिन्ता छ उनलाई । ‘न लास आयो न सास’, गहभरी आँसुु झार्दै उनले निराशा पोखिन्, ‘छोरा आउला भन्ने आश सकियो । छोरा खोज्ने भन्दै उजुुरी मागे । निवेदन दिएको धेरै भयो । कसैलाई वास्तै छैन । न्याय त नदिनेले सास के देलान र !’ मारिएका पति र वेपत्ता छोराको सम्झनाले उनको आँखा नओभाएको १७ वर्ष भइसक्यो ।
मेघमालीको जस्तै युुद्धका वेला वेपत्ता पारिएका थुुप्रै रोल्पालीको आँशुु अभैm सुुकेको छैन । मुुलुुकमा लोकतन्त्र आयो, गणतन्त्र भयो, मुुख्यमन्त्री चुुनिए तर उनीहरुको आशुु रोकिएको छैन । तत्कालिन विद्रोही नेकपा माओवादीले २०५८ सालमा पति प्रसाद बुुढामगरको हत्या गरेपछि विक्षिप्त वनेकी मेघमालीको जेठो छोरा हिराबहादुुर बुुढामगरलाई तत्कालिन शाही नेपाली सेनाले २०५९ सालमा वेपत्ता पारेको थियो । ‘पति वियोगले रुँदै दिन विताउदै थिएँ । छोरालाई पनि सेनाले वेपत्ता वनाई दियो’, मेघमाली विगत सम्झिन्छिन्, ‘पतिको शव पाएँ । छोराको न लाश छ न त सास नै ।’ राज्य र विद्रोही दुुवैपक्षबाट पीडित भएकी उनले शान्ति प्रक्रियपछि कसैले वास्ता नगरेकोमा दुुखेसो पोखिन् ।
घरबाट आफ्नो पतिलाई पक्राउ गरी लगेका माओवादीले पतिको हत्यागरी नजिकैको खोलामा फ्याँकिदिएका थिए । ‘राती वन्दुुक पड्केको आवाज आयो । विहान पख गाउँलेले खोलामा लाश छ भनेपछि हेर्न गएँं’, मेघमालीले गहभरी आँश छचल्काउदै भनिन, ‘खोलामा मृत अवस्थामा मेरै पतिको लाश पल्टिएको भेटाएँं ।’ पति वियोगमा रहेकै अर्को साल जेठो छोरालाई घोराही व्यारेकका सेनाले गिरफ्तार गरी वेपत्ता वनाएको थियो । घोराहीमा अध्ययनरत भाईलाई भेट्न गएका हिरा वेपत्ता पारिएका थिए । व्यारेकको जेलमा छ भन्ने सुुनेर भेट्न पुुगेकी उनलाई सेनाले ‘छैन’ भन्दै फिर्ता पठाएको थियो ।
बुुबा वेपत्ता पारिएपछि रोल्पा नगरपालिका–७ दाङबाङकी चन्द्रा वाँठामगरको परिवारको पनि अझै आँखा ओभाएका छैनन् । बुुबा बीरबहादुुर वाठामगरलाई प्रहरीले २०५५ जेठ २२ गते गिरफ्तार गरी वेपत्ता पारेको हो । ‘बुुबा सोझो हुुनुुहुुन्थ्यो । किन लगेको भन्ने थाहै छैन’, चन्द्रा भन्छिन, ‘मारेकै हो भने पनि हामीलाई जानकारी दिनुुपर्ने । कति दिन कुुरेर वस्ने ।’ बुुबा वेपत्ता रहेकै वेला आमाले दोस्रो विवाह गरेपछि परिवारमा समस्या वढ्यो । दाजुु विदेश पुुगेका छन् । ७० वर्षकी हजुुर आमा र भाईको पालनपोषण गर्ने दायित्व चन्द्राको काँधमा आएको छ ।
रोल्पा नगरपालिका–६ कोटगाउँकै वेपत्ता लाता दमाईको परिवारले वेपत्ता पारिएको व्यक्तिको खोजी गर्न आयोगमा उजुुरी दिए । तर, अहिलेसम्म सुुनुुवाई भएको छैन । २०५९ जेठ १७ गते राती ११ वजे नेकपा माओवादीले सानो काम छ भोली फकाईदिन्छौ भनेर घरबाटै लगेका दमाई १६ वर्ष वितिसक्दा पनि फर्किएका छैनन् । ‘त्यो भोली कहिल्यै आएन्’, वेपत्ताका वुुहारी रामपुुरी दमाई भन्छिन, ‘घरबाट लगेपछि अलि परबाट आँखामा पट्टि बाँधेर लगेका थिए रे । भोलीपल्ट हेर्दा टोपी र जाडोमा ओढ्ने कम्मल मात्र भेटियो ।’ पति वेपत्ता भएपछि शोकमा डुुवेकी सासुु गोठीको एक वर्षपछि मृत्युु भएको थियो ।
मेघमाली, चन्द्रा र रामपुुरी जिल्लाका वेपत्ता परिवारका प्रतिनिधि पात्र हुुन् । यहाँका ६५ वेपत्ता नागरिकका परिवारले वेपत्ता आफन्त ज्यूँदो रहेको आस मार्दै गएका छन् । वेपत्ताको स्थिति सार्वजनिक गरेर उचित न्याय दिने उनीहरुको झिनो आस टुुट्दै गएको छ । प्रत्येक वर्ष वेपत्ता दिवसमा वेपत्ताका परिवारले विलौना गर्छन् । तर तिनका आवाज कसैले सुुनेका छैनन् । युुद्धको वेला सबभन्दा वढि मानवीय क्षति रोल्पालीले व्यहोरे । राज्य र विद्रोही पक्षबाट ९ सय ६९ जना मारिए । सयौं वेपत्ता पारिए । धेरैले लाश नपाएर मारिए रे भन्ने भरमा काजकिरिया गरे । राहत पाउने आसाले वेपत्तालाई मृत्युु दर्ता समेत गरे । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति नौलसिंह पुुनमगरका अनुुसार जिल्लामा अभैm ६५ नागरिक वेपत्ता छन् ।
वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा १ सय १७ वेपत्ता रहेको भन्दै पीडित परिवारले स्थानीय शान्ति समितिमार्पmत उजुुरी दिएका छन् । देशभरमा १३ हजार नागरिक युुद्धमा वेपत्ता पारिएका थिए । वेपत्ता पारिएका व्यक्तिको छानविन गर्न वनेको आयोग नै वेपत्ता भएको पीडित परिवारको गुुनासो छ ।
...
रोल्पा नगरपालिका–६ कोटगाउँकी मेघमाली बुुढामगर भावुुक मुुद्रामा । खेमबहादुुर बुुढा