मिलापत्रमा टुंगिछन् अधिकांश मुद्दा

मिलापत्रमा टुंगिछन् अधिकांश मुद्दा

तौलिहवा : कपिलवस्तुस्थित विजयनगर गाउँपालिकाको न्यायिक समितिले अधिकांस मुद्दा मिलापत्रमा टुंग्याएको छ । गाउँपालिका आउने धेरैजसो मुद्दा घरायसी हुने भएकाले मिलापत्रमा बढी जोड दिइएको हो । अदालतको न्याय लामो र मंहगो हुने भएकाले नागरिकलाई स्थानीय तहबाटै निःशुल्क र छिटो छरितो न्याय दिन नगरपालिकाले मिलापत्रलाई जोड दिएको हो ।

नगरपालिकाले जग्गा विवाद, महिलामाथी हुने घरेलु हिंसा, शारीरिक यातना, घरायसी झगडा, लेनदेन, गाली बेईज्जती, कुटपिटलसम्बन्धी मुद्दा फैसला गरेको हो । एकवर्षमा विभिन्न प्रकृतिका १ सय २५ मुद्दा न्यायिक समितिमा दर्ता भएकामध्ये गाउँपालिकाले एक वर्षमा ८३ वटा मुद्दा किनारा लगाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४, परिच्छेद ८, दफा ४७ को उपदफा १ अनुसार न्यायिक समितिको विवाद निरुपण गर्ने अधिकार क्षेत्र भित्रका विषयमा उल्लेख भए वमोजिमका मुद्दा दर्ता गरि फैसला गरिएको उपाध्यक्ष तथा न्यायिक समिति संयोजक लक्ष्मी चौधरीले वताईन् ।

पीडितले न्याय पाउन कानुनी प्रक्रिया खर्चिलो र झन्झटिलो हुने भएकाले आफ्नो गाउँपालिका भित्रका विवाद र मुद्दा समाधन गर्न न्यायिक समितिले जोड दिएको चौधरीको भनाइ छ । समितिमा परेका मुद्दामध्ये ४७ वटाको फैसला गरि निर्णय दिईएको छ भने ३६ मुद्दाको स्थलगत निरिक्षण गरी मिलापत्र गरिएको हो । १४ मुद्दा फैसला प्रकृयामा छ ।

स्थानीय तहमा मिलापत्र हुन नसेका ३ मुद्दा अदालत पठाइएको छ । मधेशी समुदायको वाहुल्य रहेको गाउँपालिकामा अधिकांश मुद्दा जग्गा विवादसम्बन्धी छ । ‘मुद्दा आफ्नो पक्षमा पार्न कतिपय हुल र चर्को स्वरमा कराउन आउँछन्’, उपाध्यक्ष चौधरीले भनिन्, ‘तर कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष न्याय सम्पादन गर्दै आएका छौं ।’ लामो छलफल पछि स्थानीय तहमा मिलाउन सम्भव नभएका मुद्दामात्रै अदालत पठाउने गरिएको उनको भनाइ छ ।

न्यायिक समितिले वर्षौ पुरानो मुद्दा पनि छोटो समयमै मिलाएको चौधरीले जानकारी दिइन् । ‘कतिपयले बुढेशकालसम्म पनि नपाएको नागरिकता दिलाउन सफल भएका छौं’, उनले भनिन्, ‘जन्मदर्तामा देखिएका समस्या समाधान भएका छन् ।’ नजिकमा छिट्टै न्याय पाउँदा सेवाग्राहीले राहत महसुश गरेका छन् । सुरुवातमा स्थानीय तहको न्यायप्रति नागरिकको विश्वास नभए पनि विस्तारै भरोसा बढ्दै गएको उनको अनुभव छ । ‘शुरुमा न्यायिक समितिका कामबारे धेरैलाई जानकारी थिएन्’, उनले भनिन्, ‘अहिले आपैmं न्याय खोज्न आउने क्रम बढेको छ ।’

पछिल्लो समय प्रहरीमा उजुरी गर्नेको संख्या पनि घट्दै गएको छ । सामान्य विवादलाई प्रहरीमा जाहेरी दर्ता गर्दा झन्झट हुने गरेकाले अहिले गाउँपालिकाले सिधै निर्णय गर्ने हुँदा सहज भएको अधिवक्ता शम्भु मालीसैनीले बताए । निःशुल्क र छिटो न्याय पाउने हुँदा स्थानीय तहको न्यायप्रति आकर्षण बढेको उनले बताए ।...


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.