भारतीय जंगलमा नेपालीको शव भेटियो

भारतीय जंगलमा नेपालीको शव भेटियो

गुलरिया : बर्दियाको राजापुर नगरपालिका- ६ स्थित घरबाट एकसाता अघि माछा मार्न निस्किएका बेपत्ता ४ जना मध्ये १ जनाको शव भारतीय जंगलमा फेला परेको छ। प्रहरीले खोजी गर्ने क्रममा ४५ वर्षीय हाङ्ले भनिने ईन्द्रबहादुर थारुको शव भारतको उत्तरप्रदेश प्रान्तस्थित बहराईच जिल्लाको बैरिखल्ला भन्ने जंगलमा बिहीबार अपरान्ह्मा फेला पारेको हो।

थारुसहित माछा मार्न भदौ ७ गते बेलुकी करिब ५ बजे घरबाट निस्किएका ४५ वर्षीय बिरेन्द्र बहादुर शाह, ४३ वर्षीय डिब्बु भनिने बालकृष्ण चौधरी र ४० वर्षीय गोपाल चन्द हराएको भनी आफन्तले खोजि गर्न निवेदन दिएपछि खोजतलास जारी गर्नेक्रममा एकजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले बताए।

पोष्टमार्टमका लागि भारतीय प्रहरीले शव लगेकाले रिपोर्टसँगै शव आफन्तलाई बुझाउने तयारी भैरहेको छ। राजापुर निवासी ४० वर्षीय गोपाल चन्द घाइते अवस्थामा भदौ ९ गते उपचारका क्रममा नेपालगञ्ज स्थित भेरी अंचल अस्पतालमा भेटिएको डिएसपी बोगटीले जानकारी दिए।

फरक शारीरिक क्षमता भएका बोल्न नसक्ने अवस्थाका चन्दको शरीरमा छर्रा लागेको पाइएको अनुसन्धानका क्रममा खुलेको डीएसपीले जानकारी दिए।

घरमा माछामार्न भनेर निस्किएका उनीहरु शिकार खेल्न भारतीय जंगलमा गएको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.