जडीबुटी व्यापारले गुजारा

जडीबुटी व्यापारले गुजारा

भोजपुर : जिल्ला सदरमुकामस्थिल टुँडिखेलमुनि जिसस जाने दोबाटोमा जडीबुटी र केही सामानको पसल छ। यो पसल ५६ वर्षीया पिम्बा शेर्पाले चलाउँदै आएकी छन्। उनी नौ वर्षअघि संखुवासभाको चेपुवाबाट भोजपुर झरेर व्यापार गर्दै आएकी हुन्।

भोजपुर बजार र जिल्लाका ग्रामीण हाटबजारमा व्यापार गरी उनले जीविका चलाउँदै आएकी छन्। हिमाली प्राकृतिक जडीबुटी बेचेर उनले पेटपालो मात्र होइन, छोराछोरीको पढाइका लागि खर्च पुर्‍याउँछिन्। उनका पति कर्साङ जडीबुटी बिक्रीका लागि अन्य ठाउँ जाने गर्छन्। दुवै जना काँचो सिम्रिक, यार्सागुम्बा, फिटकिरी, चिप्लेकिरा, बिखुमा, नाम्लेको औषधिलगायत सामान बेच्दै हिँड्ने गर्छन्।

‘खोइ किन हो, यत्तिका वर्ष भयो तर भोजपुर छाडेनौं। यहीं सानोतिनो व्यापार गर्दै घरखर्च उठ्ने गरेको छ’, उनले भनिन्, ‘हामी पति-पत्नी नै व्यापार गर्दै हिँड्छौं। छोराछोरी सासूससुरासँग घरमै छन्।’

उनीहरूले धरानबाट आयुर्वेदिक सामान मात्र नभई उत्तरी सोलुखुम्बुबाट चम्मर (चौंरीगाईको पुच्छर) ल्याएर बिक्री गर्ने गरेका छन्। चमर प्रतिगोटा २ हजारदेखि ४ हजार ५ सयसम्म बिक्री गर्ने गरेको उनले सुनाइन्।

यसबाहेक उनी दिनभर दोकान फिँजाएर एकछेउ तान पनि बुन्ने गर्छिन्। ऊनीको झोला प्रतिगोटा ५ सयदेखि १ हजार २ सय रुपैयाँसम्म बिक्री हुने गर्छ।

घर गर्जो टार्न विभिन्न ठाउँमा व्यापार गर्न गए पनि प्रायजसोः पिम्बा भोजपुर टुँडिखेलमुनि नै व्यवसाय चलाउँछिन्। अरू व्यवसाय गर्नका लागि दह्रो आयस्रोत नरहेको उनले सुनाइन्। ‘न सानोमा पढियो न त श्रीमान् नै पढे। दुवै जना अनपढ, घरमा आम्दानीको बाटो केही छैन’, उनले भनिन्, ‘ छोराछोरीलाई पढाउन र घरको गर्जो चलाउन हामी दुई जना यस्तै सानो व्यापार गर्दै हिँड्छौं।’ दसैं, तिहार र ल्होछारका बेला मात्र छोराछोरी र सासूससुरा भेट्न घर जाने गरेको उनले सुनाइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.