लुम्बिनीमा पूजापाठमा व्यस्त श्रीलंकाका राष्ट्रपति
भैरहवा : बिम्स्टेक शिखर सम्मेलनका लागि नेपाल आएका श्रीलंका राष्ट्रपति मत्रीपाला सिरिसेना लुम्बिनीमा पूजापाठमा व्यस्त रहेका छन् । काठमाडौँबाट प्लेनमा भैरहवा विमानस्थलमा आएका राष्ट्रपति त्यहाँबाट स्थलमार्ग हुदैँ लुम्बिनी पुगेर पुजापाठमा व्यस्त रहेका हुन् । उनले लुम्बिनीमा मायादेवी मन्दिरको अवलोकन गरी विशेष पूजामा सरिक भएका हुन्।
उनलाई स्वागत गर्नका लागि पर्यटन मन्त्री रविन्द्र अधिकारी, पाँच नम्बर प्रदेशका प्रमुख उमाकान्त झा, पाँच नम्बर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी लुम्बिनी पुगेका थिए।