पैसा तिर्न नसक्दा नाै महिना अस्पतालमै

पैसा तिर्न नसक्दा नाै महिना अस्पतालमै

बुटवल : उपचार खचै तिर्न नसक्दा नवलपरासीका एक युवक नौ महिना अस्पतालमै बस्नु परेको छ । मोटरसाइकल दुर्घटनामा परेपछि ०७४ जेठ १४ गते बुटवलको जेनस अस्पताल भर्ना भएका नवलपरासी भर्तापुर–१, मिठ्ठाका २२ वर्षिया सुरज विक अस्पतालमै बसेका हुन् ।

उपचारमा लागेको करिव १२ लाख रुपैयाँ तिर्न नसकेपछि उनी ०७४ मंसिरमा डिस्चार्ज भए पनि अस्पतालमै बसे । आफन्तको मोटरसाइकल चलाउँदा उनको दायाँ खुट्टा भाचिएको अस्पतालले जनाएको छ । स्थानीय सामुदायिक अस्पतालमा उपचार नभएपछि एम्बुलेन्सबाट उनलाई जेनस ल्याइएको थियो ।

पैसा तिर्न नसकेपछि डिस्चार्ज भएको ९ महिनादेखि अस्पतालको वार्डमै बसिरहेको उनले बताए । ‘एक लाख अस्पतालमा बुझाएका छौं, १२ लाख जति बिल आएको छ, विकले अन्नपूर्ण पोष्टसंग भने,–‘पैसा नभएपछि यही बसेको छु ।’ बृद्ध भइसकेका उनका बाबु स–सानो मजदुरी गर्छन । एक कठ्ठा जमिन मात्रै भएकाले जग्गा बेचेर उपचार पनि असम्भव भयो । बाबु भगौती बिकले भएको सम्पत्ती दृष्टिबन्धक राखी एक लाख ऋण निकालेर अस्पताललाई बुझाएका हुन ।

‘जग्गा बेच्छु भनेर मान्छे खोजे कसैले किनेनन्, आँसु पुछ्दै उनले भने–‘पैसा नभएपछि अस्पतालमै छोरालाई राख्नु परेको छ ।’ उनको एक कठ्ठा जमिनको मुल्य करिव तीन लाख छ । अस्पतालमा उठेको पैसाको एक तिहाई पनि जमिन बेचेर आउदैन । गाउको कुनामा भएकाले सम्पत्ती किन्ने समेत निस्किएनन् । दुर्घटना अघि सुरज लेवर काम गर्दै आएका थिए । उनकै कमाईले घरको गुजारामा सहयोग पुगेको थियो । दाजु पनि मिस्त्री हुन । उनले पनि त्यती धेरै पैसा जम्मा गर्न नसक्ने भएपछि सम्पर्क बाहिरै बसे । बाबुले कहिले काही खाना बोकेर सुरजलाई भेट्न अस्पताल आउथे ।

‘बुटवल आउनका लागि बस भाडा पनि नभएपछि खाना ल्याउन सक्नुभएन, सुरजले भने,–‘यही अस्पतालमा उपचार गर्न आउने बिरामीले खाना दिएर बाचेको छु ।’ उनको बेड छेउमा पोकोमा चिउरा र एउटा गिलास छ । पछिल्लो चार महिनादेखि उनलाई अस्पतालले वास्ता गरेको छैन । बेड खाली भए बेडमा नभए भुईमै सुत्नु परेको छ । दाया खुट्टामा छड राखेर टेक्न मिल्ने भएको छ । राम्रोसंग हिड्न भने मिल्दैन् ।

अस्पतालले शुल्क नतिरी बिरामीलाई छाड्न नमिल्ने बताएको छ । अस्पतालकी सञ्चालक डा. शारदा सिंहले धेरै जना बिरामी आउने भएकाले सबैलाई फ्रि गर्न नसकिने बताइन् । ‘सुरजको सात÷आठ पटकसम्म अप्रेसन गर्नुपर्ने केश थियो, उपचारमा कमी गरेका छैनौ, उनले भनिन्–‘तर लागेको पैसा नलिइ कसरी छाड्नु ।’

यो अवधीमा सुरजको सवा दुई लाखको औषधिमा मात्रै खर्च भएको छ । अस्पतालकै आग्रहमा उनले नजिकैको क्यान्टिनबाट डेढ लाखको खाना खाएका छन् । पछिल्लो समय भने उनलाई क्यान्टिनले खाना दिन छाडेको थियो ।

अस्पतालले उनको शुल्कमा २५ प्रतिशत मिनाहा गर्न सकिने बताएको छ । त्यति घटाउदा पनि परिवारले रकम जुटाउन नसक्ने भएपछि शुक्रबार प्रशासनको रोहबरमा सहयोग रकम संकलन गरी घर पठाउन अस्पताल सहमत भएको छ ।

विकको परिवारले रकम तिर्न नसकेपछि नवलपरासीको प्रहरी चौकीमा सहयोगको आग्रह सहित निवेदन दिएको थियो । सञ्चार माध्यममा समेत खवर आएपछि उनलाई अस्पतालबाट घर लैजाने सहमति भएको हो । इलााका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले संघसंस्थाबाट सहयोग जुटाई पुस महिनासम्म तिर्ने गरी विरामीलाई घर पठाउने सहमति भएको बताए । ‘उसको जायजेथा बिक्री गर्दा पनि उपचारको खर्च नपुग्ने भएपछि सहयोगको आह्वान गरिएको छ, उनले भने–‘जतिसक्दो कम शुल्क बनाएर तिर्नमा अस्पताल सहमत भएको छ ।’ उनले सहयोग गरिदिन समेत आग्रह गरे ।

...

अस्पतालको बेडमा सुरज विक । अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.