कतारमा फाँसी सुनाइएका अनिलको मुद्दामा पुनरावेदन बहस ढिलाई

कतारमा फाँसी सुनाइएका अनिलको मुद्दामा पुनरावेदन बहस ढिलाई

महोत्तरी (औरही) : कतारी नागरिकलाई हत्या आरोपमा फाँसीको सजाए सुनाइएको महोत्तरीको औरही नगरपालिका-१ का अनिल चौधरीलाई बचाउन गरिएको पुनरावेदनमाथि बहसमा ढिलाई भएको छ।

२० महिनादेखी कतार जेलमा बन्द भएको छोरोलाई बचाउन पुनरावेदन गरेको तीन महिना बितेपनि बहस  सुरु नभएको अनिलका बुवा  श्यामकिशोर चौधरीले बताए।

चार वर्षअघि वैदेशिक रोजगारीको क्रममा अनिल चौधरी कतार गएका थिए। २३ वर्षीय अनिल घर फर्किन चार महिना बाँकी हुँदा एक कतारी नागरिकको हत्या आरोपमा उनी पक्राउ परेका थिए।

कतारी नागरिक उमेर मोहम्मद उमेर अल रामजानी अल निउमियोको हत्या आरोपमा तल्लो अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो। 

‘पीडित परिवारसँग माफी मागेर छोरोलाई बचाउन कतारजान राहदानी बनाएँ, ’ अनिलका बुबाले भने, ‘तर, सरकारले भिजा उपलब्ध गराइदिएन।’ उनले पीडित परिवारसँग छोरो बचाउन माफी वा ब्लड मनिको कुरा गर्न वकिललाई लिएर कतार जान राहदानी बनाएका थिए।

‘सरकारको निकाय काठमाडौं आउँदा जाँदा साँढे तीन लाख ऋणको भारी भयो,’उनले भने,‘भगवान्को मञ्जुर भए छोरा फर्किन्छ। म एक बुबाको जिम्मेवारी पूरा गरिरहेको छु।’ 

अनिल उनका एकमात्र छोरा हुन्। उनले छोरालाई सकुसल स्वदेश फर्काउन सरकारसमक्ष पहल गरिदिन आग्रह गरेका छन्। छोरालाई फाँसीको सजाय सुनाएपछि अनिलकी आमा २० महिनादेखी पीडामा छिन्। 

‘कमाएर खुवाउने एउटै छोरा अनिल थियो,’ उनले भने, ‘छोरोले कमाएर पठाउथें। हामी बुढाबुढी हातमुख जोड्दै थियौँ।’ ढेड लाख ऋण गरेर गएका अनिलका बुबाको दुई धुर घडेरी र सात कठ्ठा खेत मात्रै छ।

अनिल कोमल इन्टरनेसनल सर्भिस प्रा.लि.मार्फत् २०१५ अगष्ट २७ मा कतार गएका थिए।  कार सफा गर्ने कम्पनीमा सामान्य कामदारको रुपमा काम गर्दैै आएका उनी कतारी नागरिकलाई हत्या गरेको आरोपमा  सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका हुन्। 

अनिल जेल पर्नु अघि कतारमा तीन बर्ष बिताइसकेका थिए। एक बर्ष अझै बसेर उनी घर फर्किने तयारीमा थिए। विदेशबाट छोरा घर फर्किएपछि नयाँ घर बनाउने सपना उनका परिवारको थियो। 

कातारस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको संयोजनमा अनिल चौधरीको जीवन रक्षाको पहल गरिरहेको बताएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.