प्रदेश सरकारलाई पत्याएनन् कर्मचारीले, धर्नामा बसे मन्त्री

प्रदेश सरकारलाई पत्याएनन् कर्मचारीले, धर्नामा बसे मन्त्री

जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादब जनकपुरस्थित नेपाल राष्ट्र बैंकको मूल गेट अगाडि धर्नामा बसेका छन् । प्रदेश सरकारले दिएको सार्वजनिक बिदा नमानेको भन्दै मन्त्री यादवले आइतवार अपरान्ह १ बजेदेखि राष्ट्र बैंकको मूलगेटमा धर्ना दिएका हुन् । 

विहीवार बसेको प्रदेश २ को मन्त्रिपरिषदको बैठकले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । बैठकले निर्णय कार्यान्वयण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उच्च अदालत जनकपुर, जिल्ला प्रशासन कार्यालयहरु, जिल्ला समन्वय समितिको कार्यालयहरु, प्रदेश प्रहरी कार्यालय र नेपाल राष्ट्र बैंक शाखा जनकपुरलाई पत्र नै पठाएको थियो । 

तर पनि अटेर गरी कार्यालय सञ्चालन गरेपछि मन्त्री यादव आफैं जनकपुरका निजी तथा सरकारी कार्यालय बन्द गराउँदै बैंक पुग्दा विवाद भएको हो । 

विद्यापति चौकमा रहेको बैंक पुगेलगत्तै मन्त्री यादवसँग रहेका संघीय समाजवादी फोरमका दर्जन बढी कार्यकर्ताले एकाएक बैंकमा तोडफोडको प्रयास गरे । तोडफोड गर्न लाग्दा फोरमका १२ कार्यकर्तालाई प्रहरीले पक्राउ परेपछि मन्त्री यादव अन्य कार्यकर्तासँगै बैंकको मुलगेटमै धर्नामा बसे । 

धर्ना बसेका मन्त्री यादवले विदा कार्यन्वयन गरी राष्ट्र बैंक बन्द गर्नुपर्ने र पक्राउ परेकालाई रिहा गर्नुपर्ने दुई बुँदे माँग राखे । धनुषाका प्रहरी उपरीक्षक तथा एसपी गोविन्द थपलियाले पक्राउ परेकालाई तत्कालै रिहा गर्ने प्रतिवद्धता जनाए । उनी अर्को मागका लागि राष्ट्र बैंक जनकपुरका प्रमुख नरेश शाक्य समक्ष पुगे । तर प्रबन्धक शाक्यले भने बैंक बन्द गर्न अस्वीकार गरे । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, सशस्त्र र नेपाल प्रहरीका उपरिक्षकहरु प्रबन्धक शाक्य कहाँ मध्यस्थताका लागि पुगेर मन्त्रीको धर्नाबारे छलफल गरेका थिए । तर निचोड निस्केन ।

प्रजिअ लामिछानेले संघीय र प्रदेश सरकारबीच समन्वय नहुँदा राष्ट्र सेवक कर्मचारी अन्योलमा परेको बताए । उनले मन्त्री यादबलाई संघीय सरकारसँग समन्वय गर्न आग्रह गर्दै धर्नास्थलबाट कार्यालय फर्किएका छन् । मन्त्री यादवले भने प्रदेश सरकारले संविधान बमोजिम बनाएको कानून कार्यन्वयन गरी संघीयताको सम्मान गर्न आग्रह गरेका छन् । 

मन्त्रालयबाट पैदल निस्केका मन्त्री यादबले जनकपुरको भानुचौकमा खुल्ला रहेको नीजि बैंकहरु बन्द गराएका थिए । कृषि विकास बैंकमा तालाबन्दी नै गरे । 

प्रदेश सरकारले दिएको विदालाई संघीय सरकार मातहातको कार्यालयहरुले नटेरेपछि मन्त्री यादब आक्रोसित बनेका छन् । यसअघि पनि मन्त्री यादबले भदौं १४ गते रक्षाबन्धनको अवसरमा प्रदेश सरकारले दिएको विदा नमानेपछि बैंकमा तालाबन्दी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.