फर्स्योट भएनन् निकुञ्जका मुद्दा

फर्स्योट भएनन् निकुञ्जका मुद्दा

गुलरिया  : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा दर्ता भएका मुद्दा लामो समयदेखि फर्स्योट हुन नसक्दा मुद्दा खेपिरहेका आरोपितहरूलाई समस्या भएको छ । निकुञ्जमा नियमित प्रमुख नहुँदा तथा आरोपीका बकपत्र हुन नसक्दा निकुञ्जमा दर्ता भएका मुद्दा फर्स्योटहुन नसकेका हुन् ।

तीन वर्षको अवधिमा १६ वटा मात्र मुद्दा फैसला भएको बर्दिया राष्ट्रिय निकुञ्जका नायब सुब्बा देवीराम पोखरेलले बताए । निकुञ्जमा तीन वर्षको अवधिमा ७० वटा मुद्दाहरू परेका छन् । जसअन्तर्गत निकुञ्ज कार्यालयबाट ७ वटा र जिल्ला अदालतबाट ९ वटा मुद्दा किनारा लागेको हो । आर्थिक वर्ष ०७२÷७३ मा काठ चोरीका ११ वटा, चोरी सिकारका ६ वटा र नदीजन्य चोरीका एउटा गरी १८ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै आव ०७३÷७४ मा काठ चोरीका ११, चोरी सिकारका १३ गरी २४ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै गत आवमा २८ वटा मुद्दा दर्ता भएको छ । जसअनुसार काठ चोरीका ५ र चोरी सिकारका २३ वटा छन् ।

तीन वर्षको अवधिमा काठ चोरीका २७, चोरी सिकारका ४२ र नदीजन्य चोरीका एउटा मुद्दा दर्ता भएका हुन् । निकुञ्जको तथ्यांकअनुसार सबैभन्दा बढी चोरी सिकारीसम्बन्धी मुद्दा दर्ता भएका छन् । सवारी दुर्घटनाका मुद्दा पनि चोरी सिकारअन्तर्गत कारवाही हुने भएकाले सवारी दुर्घटनाका मुद्दा १३ वटा दर्ता भएका हुन् । निकुञ्जमा प्रमुख नहुँदा मुद्दा फैसला कार्यमा कठिनाइ आएको पोखरेलले बताए ।

फागुन अन्तिममा बर्दिया राष्ट्रिय निकुञ्जमा हाजिर भएका प्रमुख संरक्षण अधिकृत मनोज साह साउनदेखि विभागमा तानिएपछि निकुञ्जको मुद्दा फर्स्योटकार्यमा थप जटिलता देखिएको हो । बर्दिया राष्ट्रिय निकुञ्जमा मुद्दा फैसला गर्ने कार्य कम मात्रामा भएको सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए । निकुञ्जमा न्याय सेवा तालिम लिएका प्रमुख वा कामुलाई मात्र मुद्दा हेर्ने अधिकार हुन्छ ।

प्रमुख संरक्षण अधिकृत मनोज साहले ७ वटा मुद्दा फैसला गर्न भ्याएको बताए । कतिपय मुद्दाका बकपत्र गराउन बाँकी रहेको कतिपय आरोपित फरार रहेकाले पनि मुद्दाहरू ओझेलमा परेको भण्डारी बताउँछन् । अहिले निकुञ्जमा प्रमुख नहुँदा कतिपय आरोपितका परिवारहरू तारेखका लागि दिनहुँ निकुञ्ज आएर फर्कने गरेको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बताए । उनले भने, ‘निकुञ्जले मुद्दा नहेर्दा सेवाग्राही दुःख पाएर फर्कने गरेका छन् ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.