१२ लाख ८० हजार भारुसहित पक्राउ
बिर्तामोड : अबैधरुपमा नेपाल भित्राउन लागेको १२ लाख ८० हजार भारतीय रुपैयाँसहित एक एकजना पूर्वी नाका काँकडभिट्टाबाट पक्राउ परेका छन्। सोमबार बिहान भारतबाट नेपाल प्रवेश गर्ने क्रममा मेची भन्सार कार्यालयमा एक्सरे मेसिनले झोला स्क्या गर्दा अबैधरुपमा भित्राउन लागेको सो भारतीय रकमसहित ललितपुरका रविन्द्र बज्राचार्यलाई भन्सार कार्यालयले पक्राउ गरेको हो।
बज्राचार्यको झोलाबाट ५०, १०० र २०० का नोट फेला परेको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख टेक बहादुर अर्यालले बताए। 'सुरुमा झोलामा केछ भनेर सोध्यौ, कागजपत्र मात्रै छ भनेपछि शंका लागेर मेसिनले स्क्यान गर्दा ठूलो परिमाणमा भारतीय रुपैयाँ फेला पर्यो।' भन्सार प्रमुख अर्यालले भने ।
पक्राउ परेका बज्रचार्य बिहान साँढे सात बजेनै भारतबाट नेपाल प्रवेश गरेका थिए। भन्सार प्रमुख अर्याललका अनुसार बरामद भएको रकमसहित बज्राचार्यलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ।