धनुषामा गोली चल्यो, घाइतेलाई उपचारका लागि काठमाडौं लगियो

धनुषामा गोली चल्यो, घाइतेलाई उपचारका लागि काठमाडौं लगियो

जनकपुरधाम : जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँ गाउँपालिका ७ मा सोमबार राति अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एकजना गम्भीर घाइते भएका छन्। लक्ष्मीनियाँ गाउँपालिका ६ का अन्दाजी ३५ वर्षिय संजय शर्मा गोली प्रहारबाट गम्भीर घाइते भएका हुन्।

घाइते शर्मालाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ। उनको दाहिने पेटमा गोली लागेको छ।

सोमबार राति साढे ९ बजेको समयमा शर्मा दाजुभाई मोटरसाइकलमा जनकपुरबाट घर फर्किरहेको बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने व्यक्ति मोटरसाइकलमा भागेका छन्।

शर्मामाथि गोली किन प्रहार भयो भन्ने विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.