सरकारले खोस्यो पूर्वमुख्यसचिवको पदक?

सरकारले खोस्यो पूर्वमुख्यसचिवको पदक?

काठमाडौं : सरकारले पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदीलाई दिने भनिएको पदक अन्तिम समयमा आएर खोसेको छ । उनले केही दिनअघि अन्नपूर्ण पोस्टमा एसियाली विकास बैङ्क (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकबाट आफूलाई फिर्ता गर्नुको कारणसहितको विचार अभिव्यक्त गरेका थिए । सरकारले सोही विचारका आधारमा पूर्वाग्रही भएर आफूले पाएको पदक खोसेको डा. सुवेदीले बताए ।

‘राज्यले निरन्तर प्रतिशोध लिँदै जाँदा थ्रेट महसुस भयो, अब सुरक्षा माग्नुपर्ने अवस्था आयो’, उनले भने । डा. सुवेदी एक वर्षअघि मुख्यसचिव पद छाडेर एडीबीमा गएका थिए ।

दुई वर्षका लागि त्यहाँ गएका उनलाई सरकारले गत ३१ जेठमा फिर्ता गरेको थियो । गत वर्ष गणतन्त्र दिवसका अवसरमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले डा. सुवेदीसहित ३ सय ४५ जनालाई मानपदवी, अलंकार पदकद्वारा विभूषित गर्ने निर्णय गरेको थियो । एक वर्षअघि घोषित पदक सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत वितरण गरिएको छ । सोमबार पदक वितरण गर्दा सुवेदीलाई खबर नगरिएपछि मात्रै उनले पदक खोसिएको थाहा पाएका थिए । सुवेदीसहित सात जनाले प्रसिद्ध प्रबल जनसेवा श्री पदक पाएका थिए ।

राज्यले निरन्तर प्रतिशोध लिँदै जाँदा थ्रेट महसुस भयो । अब सुरक्षा माग्नुपर्ने अवस्था आयो ।, डा. सोमलाल सुवेदी, -पूर्व मुख्यसचिव

सुवेदीको अभिव्यक्तिपछि मन्त्रिपरिषद्ले नै उनको पदक खोस्ने निर्णय गरेको गृह मन्त्रालय स्रोतको भनाइ छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने सरकारको निर्णयअनुसार पदक पाउनेलाई वितरण गरिएको जानकारी दिए । प्रसिद्ध प्रबल जनसेवा श्री पाएकाको सूचीमा सुवेदीको नाम नभएकाले उनलाई नबोलाइएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाको भनाइ छ । गृह स्रोतका अनुसार पछिल्लो मन्त्रिपरिषद् बैठकले उनको पदक खोस्ने निर्णय गरे पनि यसलाई गोप्य राखिँदै आएको थियो ।

तर गृह मन्त्रालयको वेबसाइटमा राखिएको पदक पाउने सूचीमा सुवेदीको नाम पाँचौं नम्बरमा छ । उच्च तहको विभूषण लिनेमा सरकारका अधिकांश सचिव, सहसचिव, उपसचिव तथा नेपाल प्रहरीका एआईजी, डीआईजी तथा नेपाली सेनाका जर्नेल कर्नेलको संख्या अधिक छ । सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल रत्न १, राष्ट्रगौरव, १, महाउज्ज्वल राष्ट्रदीप ५, उज्ज्व कीर्तिमय राष्ट्रदीप १ जनालाई वितरण गरिएको छ । यस्तै प्रसिद्ध प्रबल जनसेवा श्री ६ , सुकीर्तिमय राष्ट्रदीप २१, सुप्रबल जनसेवा श्री १ सय १९, कीर्तिमय राष्ट्रदीप ५, प्रबल जनसेवा श्री १ सय ४० र जनसेवा श्री ४५ जनालाई वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.