स्वास्थ्यमन्त्री यादवमाथि खनिए मधेसी

स्वास्थ्यमन्त्री यादवमाथि खनिए मधेसी

जनकपुधाम : बर्दियामा प्रहरीको हिरासतमा मृत्यु भएका राममनोहर यादवको विषयलाई लिएर प्रदेश २ मा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको चौतर्फी विरोध भइरहेको छ।

भदौ ७ गते बर्दियामा आयोजित एक कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादवलाई कालो झण्डा देखाएको आरोपमा यादवलाई प्रहरीले पक्राउ गरेका थियो। बाँके जानकी गाउँपालिका–६ घर भएका यादव डा. सिके राउतका समर्थक थिए। हिरासतमै सिकिस्त बिरामी परेका यादवको उपचारका क्रममा मृत्यु भएपछि मन्त्री यादवको चौतर्फी विरोध भइरहेको छ।

कालो झण्डा देखाएकै कारण पक्राउ गरी नियोजित तवरले हत्या गरिएको भन्दै प्रदर्शन भएको छ। विशेषगरी सिके राउतका समर्थकहरूले जिल्ला जिल्लामा मृतक राममनोहरको श्रद्धाञ्जलि सभा गरेर अध्यक्ष यादवको राजीनामा माग्नुका साथै घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग गरिरहेका छन्।

मन्त्री यादवविरुद्ध सामाजिक सञ्जालमा तथानाम गालीगलौज गरिएको छ। सिके राउतका कार्यकर्ता मन्त्री यादवमाथि झनै आक्रमक रूपमा प्रस्तुत भइरहेका छन्। पछिल्लो समय राजनीतिमा सक्रिय जेपी गुप्ताले समेत मन्त्री यादवको खुलेरै विरोध गर्दै घटना छानबिनको माग गरेका छन्। नेता गुप्ताले घटनामा मन्त्री यादव दोषी देखिएको आरोप लगाउँदै उनीविरुद्ध आन्दोलन गर्न आह्वान नै गरेका छन्।

मधेस आन्दोलनका अगुवामध्येका एक लहानका विष्णु चौधरीले सिके राउतको संगठन विस्तारै मजबुत हुन लागेको र आफ्नो संगठन कमजोर भएको सोच राखी मन्त्री यादवले तर्साउन षडयन्त्र रचेर राममनोहरको हत्या गराएको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.